काठमाडौं- एएफसी तेइस वर्षमुनि (यु-२३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २-० गोलअन्तरले पराजित भएको हो ।
नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे ।
समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । रासस
प्रकाशित: ५ श्रावण २०७४ ०३:०५ बिहीबार