coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

श्रद्धालाई खान भ्याइनभ्याई

मुम्बई- बलिउडमा कुनैबेलाका चर्चित भिलेन तथा कमेडी चरित्रमा पनि सफल कलाकार शक्ति कपुरकी छोरी श्रद्धा कपुर नयाँ फिल्म 'हसीना पारकर'मा नयाँ गेटअपमा देखिने भएकी छिन्। यसअघिका फिल्मका लागि जिममा गएर शारीरिक व्यायाम गरेकी श्रद्धाले यस पटक भने जिममा जाने मौका पाइनन्। यसपटक वजन बढाउन उनले जिमको होइन खानेकुराको सहारा लिइन्। उनले आफ्नो तौल बढाउन केही खान बाँकी राखिनन्।

गत मंगलबार फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले नौ किलो तौल बढाएको खुलाएकी थिइन्। 'मैले यो फिल्ममा ७ देखि ९ किलोसम्म तौल बढाएँ। फिल्ममा हसिना पारकरकै भूमिकामा अभिनय गर्नु परेकाले पनि तौल बढाउनु पर्ने बाध्यता थियो,' उनले भनिन्, 'म मेरो हातको वजन बढाउन चाहन्थें, तर त्यसको विपरीत जिउको वजन बढ्यो। अब फेरि तौल घटाउनु पर्ने भएको छ।'

श्रद्धाका अनुसार बढी खानपिनका कारण उनको पेट र हिप निकै बढेको छ। त्यसकारण उनी अहिले जिउ घटाउने योजनामा छिन्। 'यो फिल्मको सुटिङको समयमा मैले जिममा कहिल्यै पसिना बगाइन्। मेरा लागि कुनै बन्धन पनि थिएन। सुटिङ सेटमा जे खान पाइन्थ्यो, त्यही खाएँ,' उनले भनिन्, 'निर्देशक अपूर्व फिल्मको सेटमा नै बिरयानी र गुलाब जामुनलगायतका खानेकुरा मगाउनुहुन्थ्यो।'

यो फिल्ममा श्रद्धाका भाइ सिद्धान्त कपुरले हसिनाको भाइ दाउद इब्राहिमको भूमिका निर्वाह गरेका छन्। आगामी अगस्ट १८ मा रिलिज फिल्मको निर्देशन अपूर्वा लाखियाले गरेका छन्।

प्रकाशित: ५ श्रावण २०७४ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App