coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङको बेनिघाटमा बस दुर्घटना हुँदा २ को मृत्यु, ४ घाइते

धादिङको बेनिघाट  दुर्घटनाग्रस्त बस । तस्विर सौजन्यः जिल्ला ट्राफिक कार्यालय, धादिङ

काठमाडौँ – धादिङको बेनिघाटमा रात्रीबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । 

काठमाडौँबाट काकडभिट्टाको लागि छुटेको ना ५ ख २२९३ नम्बरको  बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटको विशालटारबाट करिब २० मिटर तल खसेको हो ।

दुर्घटनामा बस चालक झापा सिवसतासी नगरपालिका–६ का कमल ढुंगाना र सहचालक नवराज सिवाकोटीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक कृष्णराज सापकोटाले जानकारी दिए । 

दुर्घटनामा परी घाइते भएकाहरुको मलेखु सामुदायिक अस्पतालमा उपचार गरिएको छ । प्रहरीका अनुसार राती करिब १ बजे बस दुर्घटनामा परेको थियो । दुर्घटनाको प्रकृति अनुसार रातीको समयमा चालक निदाएकोले दुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक सापकोटाले बताए । त्यस स्थानमा पटक पटक दुर्घटना हुने गरेको छ।

 

प्रकाशित: ५ श्रावण २०७४ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App