८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा तीन लुटेरा पक्राउ

भक्तपुर – भक्तपुर प्रहरीले तीन जना लुटेराहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक ३ बस्ने ३० वर्षीया प्रविण छु श्रेष्ठ, कैलाली जिल्ला धनगढी ७ स्थायी घर भई हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका ३ बस्ने वर्ष २१ को सुरज चौधरी र काभ्रे जिल्ला मङ्गलटार ८ स्थायी  घर भई हाल भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका ४ बस्ने २० वर्षीय ईन्द्र सिंह तामाङ  रहेका छन् । 

भक्तपुरको सूर्यविनायक ५ घ्याम्पेडाँडामा बा २ ज ११८० नं. को ट्याक्सीमा यात्रु बनेर चढी ट्याक्सी चालकको मोबाइल थान १, नगद रू. १८०० लुटेपछि प्रविण छु श्रेष्ठलाई पक्राउ गरेको र उनको बयानको आधारमा थप दुई जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए । 

 

प्रकाशित: ५ श्रावण २०७४ ०६:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App