coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

चितवन –  गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए । 

अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ। 

कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१/७२ मा १२६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको मृत्यु १२७ जना गम्भीर र १३२ जना सामान्य घाइते भएका थिए । 

गत आवमा सबैभन्दा बढी नारायणगढ–मुग्लिन सडकखण्डमा २९ प्रतिशत, पूर्वपश्चिम राजमार्गमा २२ प्रतिशत, पृथ्वीराजमार्गमा १७ प्रतिशत, भरतपुर क्षेत्रमा १४ प्रतिशत र अन्य भित्री सडकमा १८ प्रतिशत सवारी दुर्घटनामा मृत्यु भएको चर्चा गर्दै उनले दुर्घटना बढ्नुको कारणबारे अनुसन्धान भइरहेको बताए । जसमा १५८ वटा दुर्घटना चालकको लापर्बाहीबाट, १६ वटा अर्कोलाई उछिन्ने क्रममा, ४५ वटा तीव्र गतिका कारण, १२ वटा मादक पदार्थ सेवन गरी चलाएका कारण, दुईवटा यान्त्रिक गडबढीका कारण, चारवटा अधिक भार ‘ओभरलोड’का कारण, १३ वटा यात्रुको गल्तीका कारण, पाँच सडकको अवस्थाका कारण र तीनवटा प्राकृतिक प्रकोपका कारण दुर्घटना भएको पन्तले बताए। 

प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पछिल्लो समय कहालीलाग्दो गरी दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि आवश्यक गृहकार्य भइरहेको बताए। प्रहरी एक्लैले दुर्घटना न्यूनीकरण गर्न सम्भव नहुने भन्दै उनले सरोकारवाला पक्षले पनि यसका लागि पहल गर्नुपर्ने बताए। रासस 

प्रकाशित: ५ श्रावण २०७४ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App