coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यु-१९ विश्वकप छनोटमा अफगानिस्तानसँग नेपाल पराजित

काठमाडौं- एसिसी यु-१९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ। मलेसिया र सिंगापुरलाई जितेको नेपाल अफगानिस्तासँग १ सय ४१ रनले पराजित भयो।

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्ताले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनायो। १ सय ९१ रनको विजय लक्ष्य पछ्याएको नेपालले २६ ओभरमै सबै विकेट गुमाएर अलआउट भयो। नेपालले ४९ रनमात्र बनायो।

अफगानिस्तानका नविन उल हक र मुजिब जदरनले बलिङमा जादु देखाएपछि नेपालको ब्याटिङ ध्वस्त बनेको थियो। दुबैले समान ४-४ विकेट लिए।

पराजयसँगै नेपाल न्युजिल्याण्डमा हुने विश्वकपमा छनौट हुने सम्भावना कमजोर बनेको छ। अफगानिस्तान ६ अंकसहित शीर्ष स्थानमा छ। नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित: ५ श्रावण २०७४ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App