७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पका छोरा र ज्वाईलाई सिनेटमा उपस्थित हुन आदेश

न्यूयोर्क – अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा भएको रूसी हस्तक्षेपबारे बयान दिनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निकटका तीन व्यक्तिहरूलाई अमेरिकाको सिनेट समितिले सिनेटमा उपस्थित हुन आदेश दिएको छ । 
उनीहरूलाई आगामी जुलाई २४ का दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाइका लागि बोलाइएको हो । 

गत वर्ष अमेरिकाको राष्ट्रपतिको निर्वाचनको समयमा हिलारी क्लिन्टनबारे महत्वपूर्ण सुचना ट्रम्प निकट व्यक्तिहरूलाई दिएको आरोप रूस माथि लागेको छ । यसबारे बयान दिनका लागि राष्ट्रपति ट्रम्पका छोरा, उनका ज्वाई, तथा उनी निकट एक व्यक्ति सिनेटमा उपस्थित हुने भएका हुन् । 

राष्ट्रपति चुनावको समयमा अमेरिकाले रूसी अधिकारीहरूसँग सम्पर्क बढाएको बारे अमेरिकी गुप्तचर संस्थाले अध्ययन सुरू गरिसकेको छ । 

उनी निकटका व्यक्तिहरूले संसदको न्याय समितिमा बयान दिने छन् । उनीहरू तीनै जनाले चुनावलाई प्रभाव गरी रूसी अधिकारीहरूलाई भेटेको आरोप छ । 

ट्रम्पका छोरा जुनियर ट्रम्पले रूसी कानुनी व्यवसायीलाई भेटेको तथ्यलाई उनले आफ्नो इमेल सार्वजनिक गर्दै खुलासा गरिसकेका छन् ।  

उनले राष्ट्रपतिको निर्वाचनको समयमा हिलारी क्लिन्टनबारे  महत्वपूर्ण सूचना लिनका लागि रूसी कानुन व्यवसायी वेशेलनिट्कायालाई भेटेका थिए । 

राष्ट्रपति ट्रम्पले रिपब्लिकन पाटीको तर्फबाट उम्मेद्वारी दिएको करिब २ हप्ता पछि वेशेलनिट्काया र ट्रम्प जुनियर बीच  न्यूयोर्क स्थित ट्रम्प टावरमा ९ जुन २०१६ मा उनीहरूको पहिलो भेटवार्ता भएको समेत उनको इमेलबाट खुलेको छ । 

अमेरिकी राष्ट्रपति निर्वाचनको समयमा निर्वाचनलाई प्रभाव पार्ने खालका कुनै पनि कार्य नगरेको रूसले बताउँदै आएको छ । राष्ट्रपति ट्रम्पले उनका छोरा जुनियर ट्रम्पले इमेल सार्वजनिक गरेकोमा  प्रंशसा  गर्दै पारदर्शिता देखाएको दाबी गरेका थिए।  

इमेलमा राष्ट्रपति चुनावको समयमा रूसले अमेरिकालाई गरेको सहयोग बारे तारिफ गरिएको थियो ।  यद्यपि राष्ट्रपति ट्रम्पले भने यसबारे आफू जानकार नभएको बताउँदै आएका थिए ।  

प्रकाशित: ५ श्रावण २०७४ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App