७ वैशाख २०८१ शुक्रबार
राजनीति

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्नेगरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

बिहीबार मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा उनले नयाँ आयोजनाहरुलाई सरकारका निकायहरुले सहयोगात्मक भूमिका खेल्नुपर्ने बताए। 'हामीले अब आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएर अघि बढ्नुपर्छ। त्यसका लागि लगानीमैत्री वातावरण बनाउनेगरी तपाईँहरु सबैले सहयोगात्मक भूमिका खेल्नुपर्छ,' उनले भने।

प्रधानमन्त्रीले तीन चार वर्षमा सजिलै सम्पन्न गर्न सकिने आयोजनाहरु पनि सरकारी झन्झटका कारण दशक लाग्ने गरेको बताएका थिए। उनले त्यस्ता आयोजनाहरुमा सहजीकरणका लागि ऐन संशोधन गर्न सरकार तयार रहेको बताए।

'तपाईँहरुलाई काम गर्न ऐनले छेकेको छ भने संशोधन गरौं। तर आयोजनाहरुको गति अब बढाउनुपर्‍यो,' उनले भने।

प्रधानमन्त्रीले जलस्रोतबाट लाभ लिएर मुलुकको आर्थिक वृद्धि उच्च राख्न सकिने भन्दै सोहीअनुसारको नीति बनाउन निर्देशन दए।

बैठकले लगानी बोर्डले ल्याएको लगानीकर्तालाई उपलव्ध गराउने जमिनसम्बन्धी कार्यविधि संशोधन गर्न १५ दिनभित्र मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेको छ।

बैठकमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, परराष्ट्रसचिव शंकर बैरागी, वन सचिव, भौतिकपुर्वाधार सचिव, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक लगायतको सहभागिता थियो।

प्रकाशित: ६ श्रावण २०७४ ०५:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App