१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपा जनताबाट डरायो : नेपाल

रौतहट- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राजपा जनतासँत डराएर चुनावमा जान नचाहेको बताएका छन्। गृह जिल्ला रौतहटको सदरमुकाम गौरस्थित निवासमा पत्रकारसँग कुरा गर्दै उनले अनेक बखेडा झिकेर राजपा अझैपनि चुनावबाट भाग्ने दाउँमा रहेको बताए।

पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमत हासिल गरेको र प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पनि एमाले सबैभन्दा ठूलो पार्टी बन्ने ठोकुवा उनले गरे। प्रदेश नम्बर २ मा एमालेमा प्रवेश गर्ने नेता कार्यकर्ताको लहर चलेको भन्दै यस प्रदेशका जनता एमालेलाई जिताउन आतुर रहेको बताए।

देशको अन्य प्रदेशमा निर्वाचन सम्पन्न भएको र प्रदेश नम्बर २ मा निर्वाचन हुन नसक्दा विकास निर्माणका काम पछाडि पर्न थालेको भन्दै नेता नेपालले चिन्ता ब्यक्त गरे। नेपाली कांग्रेस र माओवादी केन्द्रलाई मधेु विरोधी दलको रुपमा रहेको, मधेसवादी दललाई उपयोग मात्र गरेको तर मधेसलाई अधिकार र विकास दुवै दिन नचाहेको आरोप लगाउँदै नेता नेपालले एमालेले बहुमत ल्याएमा मधेसको कायापलट गर्ने ठोकुवा गरे।

 

प्रकाशित: ६ श्रावण २०७४ ०५:२३ शुक्रबार

राजपा जनताबाट डरायो नेपाल