coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

बिक्नै छाडे माटाका हिटर

कुनै बेला माग उच्च रहेको खाना पकाउने माटोका हिटरको माग ह्वात्तै घटेको छ । माग घटेपछि हिटर व्यवसायी व्यवसायी निराश छन् । 

पूर्खादेखि हिटर बनाउँदै आएका उनीहरू अचेल जेनतेन पेसा बचाउँदै छन् । ‘कुनै बेला ग्राहक हिटर किन्न खेतमै आउँथे, नपाएर खोसाखोस पनि चल्थ्यो,’ भक्तपुर मध्यपुर थिमीमा लामो समयदेखि हिटर बनाउँदै आएका श्यामकृष्ण प्रजापतिले भने, ‘अहिले यसको माग ह्वात्तै घटेको छ ।’ हिटर बनाएरै उनकोे २० वर्ष बित्यो । कमाई नभए पनि आफूहरू पुख्र्यौली पेसा बचाउनेतर्फ लागेको उनले बताए । आजभन्दा करिब पाँच वर्ष अघिसम्म हिटरको माग राम्रै भएको प्रजापतिको अनुभव छ । 

‘दुई वर्षअघि भारतको नाकाबन्दीका बेला धेरैले विकल्पको रूपमा माटोको हिटर प्रयोग गरेका थिए,’ उनले भने, ‘अहिले हिटर किन्न कोही आउँदैनन् ।’ 

१० वर्ष अघिसम्म मध्यपुर थिमीका धेरैजसो स्थानीयले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा हिटर बनाउँथे । अहिले जग्गा प्लटिङका कारण हिटर बनाउने क्षेत्रफल पनि खुम्चिँदै गएको छ । जग्गा खुम्चिँदै जाँदा हिटर बनाउन आवश्यक पर्ने माटो जुटाउन कठिन परेको उनीहरु बताउँछन् । मध्यपुर थिमी उपत्यकाभित्र हिटर निर्माण गर्ने एक मात्र स्थान पनि हो।

हिटर बनाउनु मध्यपुर थिमीका धेरै स्थानीयको पुख्र्यौली पेसा नै हो । ‘कुनै समय दिनभरि सयभन्दा बढी हिटर बिक्री हुन्थ्यो,’ २५ वर्षदेखि हिटर बनाउँदै आएका थिमीकै बुद्धिृकृष्ण प्रजापतिले भने, ‘पछिल्लो समय यसका वैकल्पिक धेरै सामान आएकाले यो व्यवसाय लोप हुने अवस्थामा पुग्यो ।’ 

उनका अनुसार पाँच वर्ष अघिसम्म एउटा हिटरलाई तीन सय पथ्र्यो । अहिले एक सय ५० मा पनि बिक्री हुँदैन । ‘पहिले–पहिले महँगो पैसा तिरेर हिटर पाउन मुस्किल थियो, आजकाल सस्तोमा पनि किन्न कोही आउँदैनन्,’ प्रजापतिले भने ।

१० वर्ष अघिसम्म मध्यपुर थिमीका धेरैजसो स्थानीयले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा हिटर बनाउँथे । अहिले जग्गा प्लटिङका कारण हिटर बनाउने क्षेत्रफल खुम्चिँदै गएको छ । जग्गा खुम्चिँदै जाँदा हिटर बनाउन आवश्यक पर्ने माटो जुटाउन कठिन परेको उनीहरु बताउँछन् । मध्यपुर थिमी उपत्यकाभित्र हिटर निर्माण गर्ने यो एक मात्र स्थान पनि हो । 

माटोलाई मुछेर एक–दुई दिन घाममा सुकाएर मात्र हिटर बनाइन्छ । त्यसपछि भट्टीमा पोलिन्छ । ‘१० वर्षदेखि घटेको हिटरको व्यापार नाकाबन्दीका बेला बढेको थियो,’ अर्का हिटर व्यवसायी उमेश प्रजापतिले भने, ‘पछिल्लो समय हिटर बनाएर दैनिकी गुर्जानै नसकिने भएको छ ।’

प्रकाशित: ६ श्रावण २०७४ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App