coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

इन्जिनियर नायिका

नेपालमा धेरैका अभिभावकले सन्तानको लक्ष्य तय गरिदिँदैनन् । कम शिक्षित गाउँले नेपालीका लागि एउटै चिन्ता हुन्छ– छोराछोरीले पढिदिऊन् । तर, पढेपछि के बन्ने भन्ने उनीहरूको चिन्ताको विषय बन्दैन । 
सुरक्षा पन्तले भने धेरै नेपाली अभिभावकभन्दा भिन्न मातापिता पाइन् । उनका अभिभावकले स्कुले जीवनमै भविष्यको लक्ष्य तोकिदिए– डाक्टर । पन्तका मातापिताले सेतो गाउनमा स्टेथेस्कोप भिरेको उनको तस्बिर सजाउँदै गर्दा उनलाई यसको पत्तो समेत थिएन । 

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन कसो सपना पूरा नहोला र ?’ 

मातापिताले सानैमा सजाइदिएको सपनाबारे सुरक्षाले पछि मात्र चाल पाइन् । अभिभावको सपना पूरा गर्नुपर्ने दबाबका बाबजुद उनले डाक्टर नबन्ने अड्डी कसिन्, रहर थियो मिडियाकर्मी बन्ने । तर, उनले मिडियाकर्मी बन्ने अध्ययन अघि बढाउन पाइनन्, अभिभावककै दबाबले । 

अभिभावकको सपना विपरीत उनले रोजिन्, इन्जिनियरिङको पढाइ । त्यो पनि इच्छाले होइन, आमाबाबुको मन राखिदिनलाई । जसरी भए पनि भर्ना भएपछि पढ्नु त थियो नै, मेहनत गरेर इन्जिनियरिङको अध्ययन अघि बढाइन् । 

लामा स्केल र पेन्सिल बोकेर इन्जिनियरिङको कक्षामा बसिरहँदा उनी साँचिरहन्थिन् अर्कै सपना । उनलाई लाग्यो, ‘एक दिन न एक दिन कसो सपना पूरा नहोला र ?’ 

इन्जिनियरिङमा स्नातक गरिरहेका बेला उनको सपनाले दो¥याएर करिब तीन वर्षअघि उनलाई पु¥यायो इमेज टेलिभिजनको प्रतिस्पर्धा ‘भिजे हन्ट’मा । त्यहीँबाट मोडियो उनको यात्रा । ‘भिजे हन्ट’मा उनलाई देखेका निर्देशक आलोक नेम्वाङले फोन गरेर अभिनयका लागि आग्रह गरे । बल्लबल्ल परिवारलाई मनाएर उनले अभिनय गरिन् । 

सुरुकै अभिनयबाट राम्रो प्रतिक्रिया पाएपछि उनलाई हौसला मिल्यो । यो तीन वर्ष अघिको कुरा हो । सुरुमै अभिभावकको सपनाविपरीत देखिएकी उनलाई त्यसबेला कम्ता सकस परेको थिएन । ‘त्यसबेला फिल्मको अफर के गर्ने कसो गर्ने अन्योलमै परेँ,’ उनी त्यसबेलाको अवस्था सम्झँदै भन्छिन्, ‘त्यसपछि घरमा भनेरै काम गर्न थालेँ ।’ 

आलोक नेम्वाङको आग्रहबाट अभिनयमा प्रवेश गरेकी पन्त अहिले चलिरहेको चलचित्र धनपतिकी नायिका हुन् । सिभिल इन्जिनियर उनले आफ्नो अध्ययनको क्षेत्र बाहिर गएर पनि प्रभावकारी प्रभाव छाड्न सफल भएकी छन् । 
‘अभिनयको कक्षा लिएको थिइनँ, एकैचोटि फिल्मको क्यामेरा फेस गर्दा अप्ठेरो लाग्योे,’ पन्त भन्छिन्, ‘भिजे हन्टमा क्यामरा फेस गरेकाले सुरुमै पनि नर्भसचाहिँ भइनँ ।’

सुरक्षाले पहिले नेपाली फिल्म हेर्दा चित्त नबुझेर बीचैमा छाडिदिन्थिन् । त्यसैलाई सम्झेर उनले अब्बल अभिनय गर्न कोसिस गरिन् । उनले पढाइ र फिल्मी करिअरलाई सँगै लैजाँदै थिइन् । पढाइकै बीचमा पन्तले दोस्रो फिल्म सुस्केराको सुटिङ सकिन् । तेस्रो फिल्मका लागि निर्देशक दीपेन्द्र के खनालले अफर गर्दा नाइँ भन्ने अवस्था नै रहेन । 

‘उहाँहरूको फिल्ममा खेल्ने रहर अचेल जसलाई पनि हुन्छ,’ उनी भन्छिन्, ‘मैले छाड्ने कुरै थिएन स्क्रिप्ट सुन्नासाथ हुन्छ भनिहालेँ ।’ मिडियाकर्मी बन्ने रहरबाट तानिएर फिल्मी संसारमा छिरेकी उनलाई सुरुमा सेलिब्रेटी बन्छु जस्तो लागेको थिएन । अफर आएपछि ‘अभिनय गरिहालौँ न त’ भनेर यस क्षेत्रमा प्रवेश गरेकी पन्तलाई सेलिब्रेटी जीवन नै बाँच्छु भनेर मरिहत्ते गर्दिनन् ।

‘अपेक्षा धेरै नभएपछि जे भए पनि त्यति दुःख हुँदैन,’ उनी भन्छिन्, ‘केही गहकिला प्रतिक्रिया पाएकी छु, मेरा लागि त्यही ठूलो कुरा हो ।’ सानैदेखि जोसँँग पनि घुलमिल हुने बानी छ उनको ।
इन्जिनियङि र फिल्म दुवैलाई सँगै लैजाने सोच छ उनको । इन्जिनियरिङमा स्नातकोत्तर गर्ने तयारीमा रहेकी उनी फरक पेसाले अप्ठेरो नपारेको बताउँछिन् । 

इन्जिनियरिङ र फिल्म उनलाई माइती र बिहेपछिको घरजस्तै महसुस भएको छ । ‘फिल्म क्षेत्र त मेरो माइतै हो,’ उनी भन्छिन्, ‘इन्जिनियरिङ भने बिहे गरेर गएको घरजस्तो लाग्छ ।’ उनका अनुसार माइतीमा भावनात्मक कुरा बढी भएजस्तै फिल्ममा मानवीय भावना जोडिएर अभिनय गर्नुपर्छ । इन्जिनियरिङ पढ्दा र काम गर्दा अलिक सतर्क भएर गर्नुपर्छ ।

दोस्रो फिल्म सुस्केराको काम सकेर उनले धनपतिमा अभिनय गरेकी हुन् । सुस्केरामा उनको लिड रोल नै छ । ‘सहरको कथा छ,’ उनले भनिन्, ‘धनपति भने समाजको कथा हो ।’ धनपति खेल्दा मानिसको वास्तविक दुःखसँग उनले साक्षात्कार गरिन् । छोरीको भविष्यलाई कसरी बनाउने भन्ने आमाबुबाको सपना र संघर्षको कथासँगै नेपाली राजनीतिको खराब पाटो फिल्मले देखाउन खोजेको छ । 

निर्देशकसँग कुरा गर्न सक्ने, टिमसँग मिल्न सक्ने कुरा इन्जिनियरिङकै अध्ययनले सिकाएको मान्छिन् उनी । भविष्यमा इन्जिनियरिङ कम्पनी खोलेर परियोजनामा काम गर्ने फरक सपना पालेकी छन् । ‘नक्सा र घरै बनाउनु मात्र इन्जिनियरिङ होइन,’ उनले भनिन्, ‘नीतिगत रूपमा र परियोजनागत रूपमा सुधार्नुपर्ने धेरै विषयमा काम गर्ने मन छ ।’

प्रकाशित: ६ श्रावण २०७४ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App