coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गाडी उछिन्न हानाथाप

 गत जेठ १९ गते वसुन्धरामा ट्रकले बसलाई ओभरटेक गर्न खोज्दा जेब्राक्रसबाट सडक पार गर्दैै गरेका एक यात्रुको ज्यान गयो ।

  •  भक्तपुरको कमलविनायकमा गत चैत २६ गते बसले ओभरटेक गर्न खोज्दा पावर टे«र्लर चालकको घटनास्थलमै मृत्यु भयो । 
  • गत जेठ २ गते ललितपुरको सानेपामा ट्रिपरले बसलाई ओभरटेक गर्दा जेब्राक्रसबाट सडक पार गर्दै गरेका दुईा पैदलयात्रु गम्भीर घाइते भए ।

उपत्यकाका सडकमा गाडी उछिन्ने हानाथापका कारण भएका दुर्घटना हुन् यी । सार्वजनिक यातायात चालकले बढीभन्दा बढी ओहोर–दोहोर (ट्रिप) गर्ने र चाँडो गन्तव्यमा पुग्ने बहानामा अरू सवारी–साधन उछिन्न बलजफ्ती गर्दा दैनिक यस्तै दुर्घटना हुने गरेका छन् ।

धेरैजसो चालकले छिटो गन्तव्यमा पुगेर अर्को ट्रिप गर्ने लोभमा सडकको अवस्था र दुर्घटनालाई वास्तै नगरी सवारी हाँक्ने गर्छन् । खाल्डाखुल्डीयुक्त सडकमा सवारीसाधनबीच ओभरटेकको प्रतिस्पर्धा हुँदा त्यसको सिकार पैदलयात्रु हुने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जबर्जस्ती उछिन्न (ओभरटेक गर्न) खोज्दा धेरै दुर्घटना निम्त्याउनेमा ट्रिपर र सार्वजनिक बस छन् । 

धेरैजसो चालकले छिटो गन्तव्यमा पुगेर अर्को ट्रिप गर्ने लोभमा सडकको अवस्था र दुर्घटनालाई वास्तै नगरी सवारी हाँक्ने गर्छन् । खाल्डाखुल्डीयुक्त सडकमा गाडी ओभरटेकको प्रतिस्पर्धा हुँदा त्यसको सिकार पैदलयात्रु हुने गरेका छन् । ‘उपत्यकाका सडकमा सवारी गुडाउन सबैभन्दा हतारिने ट्रिपर चालक हुन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले भने, ‘एक वर्षको अन्तरालमा जथाभावी ओभरटेक गर्ने सयभन्दा बढी सवारीचालक कारबाहीमा परेका छन् ।’ 

ओभरटेक उपत्यकाका सडकमा दुर्घटना बढाउने मुख्य कारणमध्ये पर्छ । ‘अहिले पनि ट्राफिकको आँखा छलेर धेरै चालकले ओभरटेक गर्न खोज्छन्,’ उनले भने, ‘एकले अर्कोलाई पेलेर गुडाउँदा सवारी दुर्घटना बढेको छ ।’ 

महाशाखाका अनुसार उपत्यकामा गत फागुनदेखि असार मसान्तसम्म जथाभावी ओभरटेक गर्न खोज्दा ३३ भन्दा बढी सवारी दुर्घटना भएका छन् । 

‘ओभरटेक गरेर दुर्घटना निम्त्याउने चालकलाई हामी सकेसम्म कारबाही गर्दै आएका छौँ,’ महाशाखा प्रवक्ता लोकेन्द्र मल्लले भने, ‘अहिले उपत्यकाको सडक अवस्था पनि नाजुक छ, चालकले चाँडै पुग्ने लोभमा सवारी हाँक्नु मूर्खतापूर्ण हो ।’ उनका अनुसार पछिल्लो समय नेपाल यातायात, ट्रिपर, मोटरसाइकल लगायतले अन्धाधुन्ध ओभरटेक गर्ने गरेका छन्।

 महाशाखाले लेन ओभरटेक गर्नेलाई पाँच सय रुपैयाँ जरिवाना र जनचेतना कक्षा दिँदै आएको छ । ओभरटेक गर्ने चालकको प्रवृत्ति रोक्न गाडीमा ड्यास क्यामेरा जडान गर्नुका साथै र बिहान, दिउँसो र बेलुकी अबेरसम्म यसबारे निगरानी बढाएको महाशाखाले जनाएको छ ।

प्रकाशित: ६ श्रावण २०७४ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App