७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

एक वर्षमा ४ पटक गर्भपतन गराउँदा...

बेइजिङ – पतिको करकापमा परी एक वर्षमा ४ पटक सम्म गर्भपतन गराउदाँ चीनमा युयु नाम गरेकी महिलाको मृत्यु भएको छ । 

गर्भपतन नगराएमा सम्बन्ध विच्छेद गर्ने धम्की श्रीमान्बाट आएका कारण गर्भपतन गराउन उनी बाध्य भएकी थिइन् । 

उनको पहिलो सन्तान छोरी भएकी र त्यस पश्चात् पनि निरन्तर रूपमा उनको गर्भमा छोरी नै भएको पहिचान चिकित्सकले गरेपछि छोराको अपेक्षा राखेका उनका श्रीमान्ले उनलाई गर्भपतनका लागि दैनिक जस्तो दबाव दिने गरेका थिए ।

पतिको दबाबका कारण एक वर्षमा चार पटकसम्म गर्भपतन गराउँदा उनको ज्यान गएको हो । 

चिकित्सकहरूका अनुसार अत्याधिक रूपमा गर्भपतन गराएका कारण उनको स्वास्थ्य स्थिति नाजुक भएकाले उनको मृत्यु भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित: ६ श्रावण २०७४ १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App