युएई - नेपाल प्रेस युनियन शाखा युएईको अध्यक्षमा नारायण भुर्तेल चयन भएका छन्। युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको हाे। समितिको उपाध्यक्षमा दुशबी भट्टराइ, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन्।
त्यस्तै सदस्यहरुमा शिव दत्त शुवेदी र हरि खड्का चयन भएका छन्। नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको बैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो। 'नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएका छौं', अध्यक्ष भुर्तेलले भने, 'हामी युएईमा कृयाशिल पत्रकारहरुको हक हितको लागि नेपाल पत्रकार महा संघ युएई शाखासँग सहकार्य गर्दै अगाडि अगाडी बढ्नेछौं।'
सोही अवसरमा युनियनले जननेता वीपी कोईरालाको ३५ औ स्मृति दिवस समेत मनाएकाे छ।
प्रकाशित: ६ श्रावण २०७४ १७:०८ शुक्रबार