coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक

काठमाडौं- १३ वर्षअघि निर्मित फिल्म 'ए मेरो हजुर' नाम सापटी लिँदै बनेको 'ए मेरो हजुर २'को ट्रेलर सार्वजनिक भएको छ। अघिल्लो फिल्ममा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग रोमान्स गरेकी अभिनेत्री झरना थापाले सिक्वेलको डेब्यु निर्देशन गरेकी छन्।

राजधानीमा शुक्रबार आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले माइनस ८ डिग्रीको कठ्याङ्ग्रिने चिसोमा पनि तिलिचो ताल पुगेर फिल्मको सुटिङ गर्नु निकै नै चुनौतीपूर्ण रहेको बताइन्। 'चुनौतीको सामना गर्दै हामीले एउटा राम्रो फिल्म बनाएका छौं। तिलिचोमा खिचेको गीतलाई दर्शकले निकै रुचाउनुभएको छ,' झरनाले भनिन्, 'फिल्ममा अभिनयबाट दर्शकको माया पाए जस्तै मेरो निर्देशकीय कामलाई पनि दर्शकले पक्कै रुचाउनुहुनेछ।'

फिल्मका डेब्यु अभिनेता सलिनमान बानियाँले पहिलोपटक फिल्ममा काम गर्दा खुशी लागेको बताउँदै फिल्मको संवाद सुनाएका थिए। झन्डै एक घन्टा ढिलो कार्यक्रममा पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मबाट आफू आशावादी रहेको बताइन्।

ट्रेलरमा फिल्मका शीर्ष पात्र सलिन र साम्राज्ञीबीचको प्रेम र उनीहरूबीच आइपर्ने द्वन्द्वलाई चित्रण गरिएको छ। ट्रेलरमा राखिएका संवाद आकर्षक छन्।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनिलकुमार थापाले निर्माण गरेको फिल्म भदौ १६ गते रिलिज हुँदैछ। फिल्ममा साम्राज्ञी र सलिनका अलावा सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, ओजश्र ढुंगाना, अनुभव रेग्मी, बुद्धि तामाङ, अनुराग कुँवर, विल्सनविक्रम राई, असिन क्रिस्टल राज्यलक्ष्मी रानाको अभिनय छ।

फिल्ममा हरिहर अधिकारीको कथा, सामिप्यराज तिमल्सिना र हरिहर अधिकारीको पटकथा तथा संवाद, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, बसन्त सापकोटा र कल्याण सिंहको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराज र रेनेशा वान्तवा राईको नृत्य तथा सञ्जय लामाको छायांकन छ।

प्रकाशित: ८ श्रावण २०७४ ०३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App