coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङ – बागलुङ कालिका भगवती गुठीमा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार’ बाट यहाँका चार पत्रकार पुरस्कृत भएका छन् । 

मन्दिरको विकास र प्रवद्र्धनमा पत्रकारिताका माध्यमबाट पुर्या‍एको योगदानबापत पत्रकारलाई शनिबार पुरस्कृत गरिएको हो । विसं २०७२ र २०७३ सालको पुरस्कार एउटै समारोहमा वितरण गरिएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए।
 
विसं २०७२ को पुरस्कार ‘अन्नपूर्ण पोस्ट’कर्मी दिल शिरीष र ‘गोरखापत्र’कर्मी प्रदीप पन्तलाई प्रदान गरिएको छ । यस्तै २०७३ सालको पुरस्कार ‘कान्तिपुर दैनिक’का प्रकाश बराल र ‘धवलागिरि टेलिभिजन’का सुवास आचार्यले प्राप्त गरेका छन्। बागलुङ नगरपालिकाका प्रमुख जनक पौडेल र गुठीका अध्यक्ष राजु खड्काले पत्रकारलाई संयुक्त रुपमा जनही रु पाँच हजारसहित, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका थिए । 

पुरस्कार ग्रहणपछि पत्रकारले आफूहरुलाई पुरस्कारले थप उत्प्रेरणा थपेको प्रतिक्रिया दिए। पुरस्कार प्रदान गर्दै नगरपालिकाका प्रमुख पौडेलले धार्मिक सम्पदाको उत्थान र संरक्षणमा पत्रकारको अहम् भूमिका रहने बताए। गुठीका अध्यक्ष खड्काले वर्षेनी दुई पत्रकारलाई सो पुरस्कार प्रदान गरिने जानकारी दिए । रासस 

प्रकाशित: ८ श्रावण २०७४ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App