७ वैशाख २०८१ शुक्रबार
समाज

पुलले ल्याएको खुशी

पुल उद्‌घाटन गर्न गएका सांसद रामहरि खतिवडा सर्वसाधारण माझ। तस्विरः खिलक

चम्पादेवी (ओखलढुंगा)— टन्टलापुर घाम। गर्मीले हप्पकै थियो। खलखल पसिना आइरहकेका थिए सानु परियारको शरिरबाट। उनलाई गर्मीको कुनै वास्ता थिएन। नाच्दै बाजा (सनाई) फुकिरहेका थिए उनी। खुसीयाली छाएको थियो उनको अनुहारमा। उसो त सानुको जस्तो खुसी उपस्थित सबैको अनुहारमा देख्न सकिन्थ्यो।

नदेखियोस् पनि किन ? 

उनीहरुको गाउँ ओखलढुंगा चम्पादेवी गाउँपालिका पारीपट्टि सिन्धुलीमा रहेको मध्यपहाडी लोकमार्गसँग सिँधै जोडिएका थियो।

सुनकोशी नदीको कारण पलापु गाउँलाई मध्यपहाडी लोकमार्गसँग जोडिन दुई घण्टा घुमेर पुल तर्नपर्ने बाध्यता थियो। चम्पादेबीको पलापु गाउँ र सिन्धुलीको फिकल गाउँपालिकालाई जोड्ने गरी सुनकोशीमा झोलुङे पुल बनेपछि चम्पादेवीबासी सिँधै लोकर्मागसँग जोडिएका छन्।
सानु परियारको उल्लासको कारण त्यही थियो।

लोकमार्ग र चम्पादेवीलाई पुल मात्रै नभएर सडक संजालले जोड्न नवलपुर घाटमा सडकपुल नै बनाउन लागिएको उनले जानकारी दिए। नवलपुरमा बन्ने मोटर गुड्न सक्ने क्षमताको पुल आगामी दसैंसम्ममा शिल्यान्यास हुने उनको भनाइ थियो। सो पुल निर्माणपछि चम्पादेवी गाउँपालिकाका गाउँगाउँमा गाडीको पहुँच पुग्ने उनले सुनाए।

गाउँबाट २ घण्टा तल(दक्षिण) हर्कपुर कि माथि(उत्तर) नवलपुर गएर पारि पुग्न पर्दथ्यो,’ सानुले भने, ‘अबचाहिँ गाउँबाट आधा घण्टामै पुगिन्छ।’
आवतजावत मात्रै नभएर गाउँका उत्पादनलाई बजारसम्म पु¥याउन पुल बनेपछि सहज हुने रणबहादुर श्रेष्ठले बताए। ‘पुल नहुँदा चाँडै पारी जानु छ भने डुंगा वा गाडीको टायर प्रयोग गरेर सुनकोशी तर्नुपर्ने बाध्यता थियो,’ प्रशन्न मुद्रामा उनले भने, ‘अब गाउँमा उब्जिएका तरकारी लगायत नगदेबाली बेच्न बाटो खुलेको छ।’ सासंद रामहरि खतिवडाले शनिवार पुल उद्घाटन गरेसँगै चम्पादेवीबासीमा उत्साह छाएको प्रस्ट देखिन्थ्यो। 

‘म चुनावमा उठ्दैदेखि पुल यहाँको स्थानीयको माग थियो,’ सांसद् खतिवडाले पुल उद्घाट्न समारोहमा भने, ‘ढिलै भएपछि पुल बनाइयो, स्थानीय भन्दा धेरै खुसी आफैँ भएको छु।’ खतिवडाले ओखलढुंगा र सिन्धुलीलाई जोड्न आवश्यताअनुसार अन्य पुलहरु पनि बन्ने क्रममा रहेको जानकारी दिए। 

लोकमार्ग र चम्पादेवीलाई पुल मात्रै नभएर सडक संजालले जोड्न नवलपुर घाटमा सडकपुल नै बनाउन लागिएको उनले जानकारी दिए। नवलपुरमा बन्ने मोटर गुड्न सक्ने क्षमताको पुल आगामी दसैंसम्ममा शिल्यान्यास हुने उनको भनाइ थियो। सो पुल निर्माणपछि चम्पादेवी गाउँपालिकाका गाउँगाउँमा गाडीको पहुँच पुग्ने उनले सुनाए।

पुल उद्‌घाटन समारोहलाई सम्बोन्धन गर्दै स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयको पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक जीवन कुमार श्रेष्ठले अत्यन्तै आवश्यक ठाउँमा पुल बनाउन पाएको भन्दै खुसी व्यक्त गरे। ‘पुल अत्यन्तै आवश्यक ठाउँ बनेको छ,’ उनले भने, ‘पुलबाट सहजीकरण मात्र नभएर जीवनस्तर उकास्न लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’ 

२ सय ८० मिटर लामो पुल १ करोड ४६ लाख लागतमा बनेको हो। ०७२ सालमै निर्माण शुरुवात भएको पुल ठेकेदारको कारणले केही ढिलागरी सम्पन्न भएको हो। चम्पादेवी गाउँपालिकाका कार्यकारी अधिकृत भिम दाहालका अनुसार पुल बनेपछि पलापु, ताप्केडाँडा, आहालेगाउँ, कुरुटोल, चिप्लिङ, चित्रे, कालिका, पुन्टार, लुकुवा, सल्लहे, धारापानी, पोखरे, फेदीगुठ लगायतका बासिन्दालाई सहज भएको छ।

ती ठाउँका बासिन्दलाई उदयपुरको घुर्मी तथा सिन्धुलीको खुर्कोट बजारसम्मको पहुँच सहज भएको उनले सुनाए।

 

प्रकाशित: ८ श्रावण २०७४ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App