१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लागुऔषधसहित एकजना पक्राउ

पोखरा – पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् । 

लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो । भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान नुर्फिम लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका युवालाई आगुऔषधअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको बताइएको छ । यस क्षेत्रका सम्पूर्ण जिल्लामा आगुऔषध नियन्त्रण विशेष ‘अपरेसन सिदा’नामक कार्ययोजना सञ्चालन भएलगत्तै लागुऔषध नियन्त्रणमा सक्रियता बढेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएकोछ । रासस 

प्रकाशित: ९ श्रावण २०७४ ०३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App