६ वैशाख २०८१ बिहीबार
समाज

गाडीको ठक्करबाट एक वर्षमा १७ वन्यजन्तु मरे

चितवन – जिल्लाको टिकौली र आँपटारीका वन क्षेत्रका राजमार्गमा गत आर्थिक वर्षमा १७ वटा वन्यजन्तु सवारीसाधनकोे ठक्करबाट मरेका छन्। 

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदार पौडेलका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौलीमा १२ वटा जनावर सवारीसाधनको ठक्करबाट मरेका हुन् । मरेका जनावरमा मृग र बँदेल रहेका छन् । वरण्डाभार वन क्षेत्रको बीचमा राजमार्ग पर्छ । तीव्र सवारीका कारण आवतजावत गर्ने वन्यजन्तु प्रभावित हुँदै आएका छन्। 

हाल सो क्षेत्रमा संयुक्त अप्रेशन क्याम्प खडा गरी गस्ती गरिँदै आएको छ । यसैगरी नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि जुगेडीसम्मको सडक खण्डमा गत आवमा पाँचवटा वन्यजन्तु सवारीको ठक्करबाट मरेका छन् । पौडेलका अनुसार मर्ने जनावरमा रतुवा र मृग रहेका छन् । सो सडकको दुई ठाउँमा सडकमुनि जनावर आवातजावत गर्नका लागि बाटो निर्माण गरिएको भए पनि सो बाटोबाट जनावर खासै आवतजावत नगरेको उनले बताए। 

जंगल क्षेत्रमा वन्यजन्तु जोगाउने हो भने आकाशे सडकको विकल्प नरहेको पौडेलको भनाइ छ । पानी पिउने, चरनका लागि र संसर्गका लागि पनि वन्यजन्तु आवतजावत गर्ने गर्छन् । रासस 

प्रकाशित: ९ श्रावण २०७४ ०५:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App