७ वैशाख २०८१ शुक्रबार
अर्थ

सोलुखुम्बुका सबै स्थानीय तहमा बजेट निकासा

सोलुखुम्बु – सोलुखुम्बुको ८ वटै स्थानीय तहमा पहिलो किस्ताको रकम निकासा भएको छ । सोलु दुधकुण्ड नगरपालिकासहित अन्य ७ गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो किस्ताको ५ अर्व ८३ करोड ५ लाख ३९ हजार रुपैयाँ रकम निकासा गरीएको कोष तथा लेखा नियन्त्रकको कार्यलयका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । चालु आर्थिक वर्षमा सोलु दुधकुण्ड – नगरपालिकाको लागी ३४ करोड ६७ लाख १२ हजार रुपैयाँ रकम छुट्टिएकोमा पहिलो किस्ताको रकम अन्तर्गत ११ करोड ५५ लाख ७० हजार निकासा गरिएको छ ।  

त्यस्तै, खुम्बु पासाङ गाउँपालिकाको लागि १६ करोड ९८ लाख ६१ हजार रकम छुट्टिएकोमा ५ करोड ६६ लाख १९ हजार निकासा भएको छ । दुधकोसी गाउँपालिकाको लागि २१ करोड १६ लाख २४ हजार रुपैयाँ रकम छुट्टीएकोमा ७ करोड ५ लाख ४० हजार निकासा भएको छ ।  

दुधकौसीका गाउँपालिकाको लागि २८ करोड २० लाख ३२ हजार  छुट्टिएकोमा ९ करोड ४० लाख १० हजार, नेचा सल्यान गाउँपालिकामा २४ करोड  ५४ लाख ८० छुट्टिएकोमा ८ करोड १८ लाख २६ हजार रुपैयाँ रकम निकासा भएको कोष तथा लेखा नियन्त्रकको कार्यलयले जनाएको छ ।

त्यस्तै, महाकुलुङ गाउँपालिकामा १९ करोड  ४१ लाख २८ हजार छुट्टिएकोमा ६ करोड ४७ लाख ९ हजार, लिखुपिके गाउँपालिकामा १४ करोड  २० लाख ४१ हजार छुट्टीएकोमा ४ करोड ७३ लाख ४६ हजार र सोताङ गाउँपालिकामा १५ करोड ८७ लाख ५८ हजार छुट्टीएकोमा ५ करोड २९ लाख १९ हजार रुपैया रकम निकासा भएको हो ।   
 
समानीकरण र वित्तीय गरी बजेट स्थानीय तहमा निकासा गरीएको हो । चालु आर्थिक वर्षका लागी सोलु दुधकुण्ड नगरपालिकाको लागी ३४ करोड ६७ लाख १२ हजार रुपैयाँ बजेट छुट्टिएको छ । अन्य ७ गाउँपालिकाको लागि १ अर्व ४० करोड ३९ लाख २४ हजार बजेट विनियोजन भएको छ । समानीकरण र वित्तीय गरी पूरा बजेटको पहिलो किस्ता रकम निकासा भएको कोष तथा लेखा नियन्त्रकको कार्यलयका लेखा नियन्त्रक पूर्ण राज कार्कीले बताए । 

प्रकाशित: ९ श्रावण २०७४ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App