६ वैशाख २०८१ बिहीबार
अन्य

साउनमा मेहन्दीको महत्व

साउन महिना लाग्यो । साउन महिनालाई महिलाहरूले विशेष महत्व दिन्छन् । मेहन्दी लगाउने पर्वका रुपमा समेत साउनलाई लिने गरिन्छ । यस समय महिलाहरु सोमबारको ब्रत पनि बस्ने गर्छन् । साउन महिनामा हरेक उमेरका महिला तथा युवतीले हातमा हरियो चुरा र मेहन्दी लगाएको देख्न सक्छौँ ।
यसैको महत्व बुझेर १७ वर्षदेखि न्यु मुम्बई मेहन्दी टे«निङ सेन्टरले यसमा रुचि हुनेहरूलाई तालिम दिने गरेको छ । एक्लाएक्लै तालिम लिने तथा समूहमा लिने दुवै किसिमका तालिमेलाई यस सेन्टरले तालिम दिने गरेको छ । काठमाडौँको बागबजारस्थित यस सेन्टरले विशेष गरेर हातमा मेहन्दी लगाउने तालिमहरू दिने गरेको छ । जति बढी डिजाइन भयो, तालिमेहरु उति रोचक मानेर सिक्ने भएकाले बढीभन्दा बढी किसिमका मेहन्दीका डिजाइन सिकाइने न्यु मुम्बई मेहन्दी टे«निङ सेन्टरका वरिष्ठ मेहन्दी डिजाइनर ओमप्रकाश शाह बताउँछन् । उनी भन्छन्, ‘अहिले विदेशमा पनि हातमा मेहन्दी लगाउने मान्छेहरुको माग निकै बढेको छ । जसले गर्दा मानिसहरु मेहन्दी लगाउने सीप सिक्न चाहिरहेका छन् ।’
केही वर्षअघिसम्म साउन महिनामा हातमा मेहन्दी लगाउने चलन ह्वात्तै बढेको थियो तर एक दुई वर्षयता मेहन्दी लगाउने महिलाको संख्या घटेको आशंका शाह गर्छन् । पहिला जसरी उनीकहाँ मेहन्दी लगाउने भिड लाग्थ्यो, हिजोआज त्यो कम हुन थालेको उनको निजी अनुभव छ । तर तालिमेहरुले छोटो समयावधिको तालिमपछि आफैँ साथीसंगीलाई लगाइदिने भएकाले पनि भीड कम भएको हुनसक्ने शाहको आशंका छ ।
साउन लागेसँगै यस न्यु मुम्बई मेहन्दी टे«निङ सेन्टरले मेहन्दी लगाउनेहरुका लागि विशेष अफर ल्याएको छ । १५ दिनमै तालिम दिएर विज्ञ बनाइने तालिम प्रदायक कमलेश सोनी बताउँछन् । तालिमको प्रकारअनुसार १ सय ५० रुपैयाँबाट शुल्क सुरु हुने सोनी बताउँछन् । सेन्टरले गोल्डेन सिल्भर, फेब्रिक, फ्रेन्सी अरेबिक, मेटालिक, रिसर्व र ब्राउन, मुम्बई मेहन्दी, अरबिक शैलीका अतिरिक्त दुलहीलाई मेहन्दी लगाउने र सिकाउने काम गरिरहेको छ ।
यस सेन्टरले नङको कलामा ब्रस आर्ट, वाटरमार्बल आर्ट, जेल नेल, कुपी आर्ट, स्टाम्पिङ अर्ट, जेल नेल एक्स्टेन्सन, डट सेप आर्ट, नेल एक्स्टेन्सन, थ्रीडि स्टोन, डिआन्स सेप आर्ट, एक्रेलिक नेल एक्स्टेन्सन, नेल टेक्निसियनजस्ता विविध कलाको पाटो पनि सिकाउने गरेको छ ।

 

प्रकाशित: ९ श्रावण २०७४ ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App