coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोसाइँकुण्डमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टर काठमाडौं लगियो

मनाङ एयरको हेलिकोप्टर गोसाइँकुण्डमा एक महिनाभन्दा बढी अलपत्र थियो। फाइल तस्विर साैजन्यः स्मीता पाैडेल

रसुवा—जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ लगिएको छ। मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ लगिएको हो।

छजना तीर्थयात्री बोकेका सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो।

एक पटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई भाग गरी छुट्टाछुट्टै झुन्ड्याएर लगिएको उडान प्रबन्धक श्रेष्ठले जानकारी दिए। रासस

 

प्रकाशित: ९ श्रावण २०७४ ०९:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App