८ वैशाख २०८१ शनिबार
राजनीति

आइओएममा क्याम्पस प्रमुख र सहायक डिन नियुक्ति

काठमाडौं—त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा ९ महिनादेखि रिक्त क्याम्पस प्रमुख तथा सहायक डिनको नियुक्ति गरेको छ। डा.प्रताप नारायणलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ।

डा.राजेन्द्र गुरागाइँ, डा.मधु देवकोटा, डा. द्वारिका श्रेष्ठ, र मन्दिरा पन्त सहायक डिनमा नियुक्त भएका छन्। 

कार्यकारी परिषदले क्याम्पस प्रमुखमा पूर्ण कार्यकालका नियुक्ति दिए पनि सहायक डिनहरुको हकमा भने अस्थायी (अर्को व्यवस्था नभएसम्मका लागि) नियुक्ति गरेको छ।

सहायक डिन नियुक्ति लगायतका माग राखेर डा.गोविन्द केसीले अनसन थाल्ने भनेकै दिन कार्यकारी परिषदले नियुक्ति गरेको हो। डा.केसीले आज ४ बजेदेखि अनसन थाल्ने घोषणा गरेका छन्। 

प्रकाशित: ९ श्रावण २०७४ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App