८ वैशाख २०८१ शनिबार
प्रवास

टोकियोमा नेपाल फेस्टिबलको तयारी

टोकियो—जापानको टोकियोमा नेपाल फेस्टिबल आयोजना गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा आगामी अगष्ट २६ र २७ तारिखमा १० औँ नेपाल फेस्टिवलको आयोजना हुन लागेको हो।

नेपाली राजदूतावासको विशेष सहयोग र जापानमा क्रियाशील संघसस्थाहरुको सक्रियतामा टोकियोको उएनो पार्कमा नेपाल फेस्टिबल आयोजना हुनेछ। त्यसका लागि आवश्यक तयारी सुरु गरिएको फेस्टिवल आयोजक समितिका संयोजक टासी लामाले नागरिकन्युजलाई बताए।

एनआरएनए जापानले हरेक वर्ष आयोजना गर्न नेपाल फेस्टिवललाई यो पटक अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको एनआरएन जापानका अध्यक्ष सुदन थापाले जनाए। जापानका हरेक तह, तप्का र समुदायका नेपालीसँग खुला छलफल गरी फेस्टिवललाई सफल उनको विश्वास छ।

नेपालको मौलिक कला, संस्कृति र पहिचानका लागि प्रभावकारी मानिएको नेपाल फेस्टिवलमा नेपाली बाहेक जापानी लगायतका विभिन्न मुलुकका विदेशीहरुले महत्वका साथ सहभागिता जनाउने गर्छन्। नेपाल फेस्टिवलमा नेपाली खाना परिकार, नेपाली उत्पादन सामाग्रीसहित नेपाली कला र संस्कृति झल्कने सामाग्रीहरुको विशेष प्रर्दशन गरिन्छ। यसका अलावा नेपाली गीतसंगीतको प्रस्तुति समेत हुनेछ। 

गतवर्ष आयोजना गरिएको नेपाल फेस्टिवलमा पनि नेपाली सहित करिब २ लाखले सहभागिता जनाएका थिए।

प्रकाशित: ९ श्रावण २०७४ ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App