८ वैशाख २०८१ शनिबार
समाज

क्षणभरमै बग्यो चीनले बनाइदिएको लार्चा पुल (फोटो फिचर)

भोटेकोशीले पुल बगाएपछि लार्चा पुल भएको ठाउँ यस्तो देखिन्छ। तस्विरः ध्रुव

लार्चा (सिन्धुपाल्चोक)— चट्टाने ढिस्को खसेर लार्चा पुल भाँचिएपछि उत्तरी सीमा नाका तातोपानी नाकाबन्दीमा परेको छ। तातोपानीबासीको सवारी र पैदल यात्रा गर्ने एक मात्र बिकल्प त्यही पुल थियो। पुलै नरहेपछि तातोपानीबासी गाउँमै थुनिएका हुन्।

‘भाँचिएको पुल नदीमा खस्दा झण्डै एक मिनेट भोटेकोसी थुनियो,’ पुल नजिकै अस्थायी ब्यारेकमा रहेका सशस्त्र प्रहरी बलका डिएसपी बिमल डाँगीले नागरिकन्युजसँग भने। उनका अनुसार बर्खामा उर्लिरहेको भोटेकोसीले क्षतिग्रस्त पुल केही छिनमै बगायो।

पाल–चीन जोड्ने तातोपानीको मितेरी पुलभन्दा झण्डै ५ किमी तल भोटेकोसी नदीमाथि रहेको पुल आइतबार राति चट्टाने ढिस्को खस्दा भाँचिएको हो। पुलको बीचमा ढिस्को बिज्रँदा तत्कालीन तातोपानी र फुल्पिङकोट गाविस जोड्ने ९० मिटर लामो पुल दुई टुक्रा भएर नदीमा खसेको थियो। यो पुल चीन सरकारले २०३८ सालमा बनाइएदिएको थियो।

‘भाँचिएको पुल नदीमा खस्दा झण्डै एक मिनेट भोटेकोसी थुनियो,’ पुल नजिकै अस्थायी ब्यारेकमा रहेका सशस्त्र प्रहरी बलका डिएसपी बिमल डाँगीले नागरिकन्युजसँग भने। उनका अनुसार बर्खामा उर्लिरहेको भोटेकोसीले क्षतिग्रस्त पुल केही छिनमै बगायो।

तातोपानी क्षेत्रमा आइतबार बिहानैदेखि भारी बर्षा भएको थियो। आवाजसहित ढिस्को खस्दा सुरुमा सुरक्षाकर्मीले पहिरो मात्रै गएको शंका गरेका थिए। तीन वर्षदेखि लगातार प्राकृतिक बिपत्ति खेप्दै आएका तातोपानीबासी लार्चा पुल बगेपछि नाकाबन्दीमा परेका छन् । झीर्पुमा रहेका भोटेकोसी गाउँपालिकाको कार्यालय पुग्न होस् या बाह्रविसे बजार झर्न यही पुलको साहारा लिनै पथ्र्यो।

‘पुलै नरहेपछि तातोपानी एक्लियो,’ तातोपानीका वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले भने ‘ओहोर—दोहोरको अन्य भरपर्दो बिकल्प नहुँदा गाउँले गाउँमै थुनिएका छन्।’ उनका अनुसार लिस्ति र फुल्पिङकट्टी हुँदै तातोपानी पुग्ने दुईवटा पैदल बाटो रहे पनि पाँच–पाँच घण्टा हिँड्नु पर्छ। बर्खामा चारैतिर पहिरो गइरहेकाले ती बाटोको अवस्थाबारे पत्तो छैन।

दुई वर्षअघिको भूकम्पले पहिरो निम्त्याउँदा तातोपानी चट्टानको चेपुवामा परेको थियो। गत वर्ष असार २१ गते तिब्बतमा ताल फुटेर भोटेकोसीमा बाढी आउँदा तातोपानी क्षेत्रमा बिनास ल्याएको थियो। लार्चा पुल बगाएको योसमेत तेस्रो पल्ट हो ।

तस्विरहरु ध्रुव दंगाल

भोटेकोशीले पुल बगाएपछि लार्चा पुल भएको ठाउँ यस्तो देखिन्छ। तस्विरः ध्रुव
भोटेकोशीले पुल बगाएपछि लार्चा पुल भएको ठाउँ यस्तो देखिन्छ। तस्विरः ध्रुव
भोटेकोशीले पुल बगाएपछि लार्चा पुल भएको ठाउँ यस्तो देखिन्छ। तस्विरः ध्रुव
भोटेकोशीले पुल बगाएपछि लार्चा पुल भएको ठाउँ यस्तो देखिन्छ। तस्विरः ध्रुव
भोटेकोशीले पुल बगाएपछि लार्चा पुल भएको ठाउँ यस्तो देखिन्छ। तस्विरः ध्रुव
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App