coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपचारमा सहयोग जुटाउन बैंक खाता

इलाम—देउमाई नगरपालिका–६, शान्तिडाँडाका बालकको उपचार अभावले बिजोक भइरहेको समाचार सार्वजनिक भएपछि उनलाई उपचारमा आर्थिक सहयोग गर्ने दाता थपिएका छन्। ५ वर्षे बालक मेघराज कोइरालाको उपचारका लागि ‘मेघराज कोइराला उपचार सहयोग समिति’समेत गठन भएपछि आर्थिक सहयोग जुट्न थालेको हो।

बालकको उपचारमा सहयोग गर्न इलाम नगरपालिका–५ का युवाले आइतबार मेघराज कोइराला उपचार सहयोग समिति गठन गरेका छन् । समितिले सोमबार कन्काई बैंकमा ‘मेघराज कोइराला उपचार सहयोग समिति’को नाममा खातासमेत खोलेको समिति संयोजक महेश श्रेष्ठले बताए ।

उनको उपचारका लागि सोमबार साँझसम्ममा २० हजार नगद जम्मा भएको छ। इलाम नगरपालिका–५ घर भइ हाल सिंगापुरमा रहेका दधिराम राजलवट र इनपा–५ नै घर भइ हाल दुबईमा कार्यरत बुद्ध श्रेष्ठले बालकको उपचारमा ५–५ हजार रुपैयाँ सहयोग गरेका छन् । आइतबार बिब्ल्याँटे बजार व्यवस्थापन समिति अध्यक्ष सांगेन राई र स्थानीय युवा आरबी राईले पनि उनको उपचारका लागि ५–५ हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।

जन्मको १९ दिनको हुँदा पेट फुलिने समस्या आएपछि उपचार गराउँदा बालक मेघराजको भारत सिलिगुडीस्थित पारामन्ड अस्पतालमा शल्यक्रिया गर्नुपरेको थियो । शल्याक्रियापछि उनको पेटमा दिसा गर्ने बैकल्पिक प्वाल बनाउनुपरेको थियो । चिकित्सकले बालकको थप शल्यक्रिया गरी मलद्वारबाटै दिसा गर्ने सामान्य अवस्थामा ल्याउन सकिने सुझाव दिएपनि आर्थिक अभावले उनको परिवारले उपचार गराउन नसकेको समाचार सार्वजनिक भएको थियो।

बालकको उपचारमा सहयोग गर्न इलाम नगरपालिका–५ का युवाले आइतबार मेघराज कोइराला उपचार सहयोग समिति गठन गरेका छन् । समितिले सोमबार कन्काई बैंकमा ‘मेघराज कोइराला उपचार सहयोग समिति’को नाममा खातासमेत खोलेको समिति संयोजक महेश श्रेष्ठले बताए । ‘मेघराजलाई आर्थिक सहयोग गर्न चाहने मनकारी महानुभावले कन्काई विकास बैंकको खाता नम्बर ०११००२०००३२०८६०० मा रकम जम्मा गरिदिन हुन आग्रह छ,’ संयोजक श्रेष्ठले भने।

बालक छोराको उपचारमा आर्थिक स्रोत जुटाउन वैदेशिक रोजगारीमा जान काठमाडौं पुगिसकेका मेघराजका बुबा निर्मलले सञ्चारमाध्यममा समाचार आएपछि आफूलाई विभिन्न व्यक्तिले सम्पर्क गरी सहयोगको वचन दिएको बताए । ‘विभिन्न ठाउँबाट फोन आइरहेको छ,’ उनले सोमबार दिउँसो भने, ‘उपचारका लागि कति रकम लाग्छ भन्ने यकिन नभएपनि धेरै रकम खर्च हुने डाक्टरले भनेका छन् । म एक्लोको आम्दानीले पहिलेको उपचारको ऋण नै तिर्नै सकेको छैन ।’ उनले छोराको उपचारमा अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको बताए।

प्रकाशित: ९ श्रावण २०७४ १४:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App