१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

भारतको पुनेमा नेपाली फिल्म

काठमाडौं – भारतको पुनेमा आगामी साउन १३ गतेदेखि आयोजना हुन लागेको एक कार्यक्रममा नेपालका १० फिल्म देखाइने भएको छ । ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामक कार्यक्रममा नेपाली फिल्म देखाइन लागिएको हो ।

पुने इन्टरनेशनल सेन्टरले नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँग सहकार्य गर्दै आयोजना गर्न लागेको कार्यक्रममा मीनबहादुर भामको ‘कालो पोथी’, छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’, दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’ र नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’ देखाइनेछ ।

त्यस्तै, प्रचण्डमान श्रेष्ठको ‘लभ सासा’, गोपालचन्द्र लामिछानेको ‘ओ माइ म्यान’, यादव भट्टराईको ‘झोला’, नीर शाहको ‘सेतो बाघ’, रामबाबु गुरुङको ‘कबड्डी’, निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ र मनोज पण्डितको ‘छाया’ देखाइनेछन् ।

पुनेको प्रभात रोडमा रहेको नेसनल फिल्म अकाईभ अफ इण्डियाको कार्यालयमा हुने कार्यक्रममा मुख्य अतिथीका रूपमा निर्देशक, निर्माता, कलाकार तथा नेपाल चलचित्र कलाकार संघका संरक्षक नीर शाहले सहभागिता जनाउने छन्।  

प्रकाशित: १० श्रावण २०७४ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App