७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

आत्महत्या दर घटाउदै जापान

टोकियो –  जापानले जापानी नागरिकमा अत्यधिक मात्रामा रहेको आत्महत्याको दर घटाउने नयाँ कार्य योजना सार्वजनिक गरेको छ । 

जापान सरकारले आगामी दश वर्षमा हालको आत्महत्या दरबाट ३० प्रतिशत घटाउने गरी सो कार्ययोजना सार्वजनिक गरेको हो । 

जापान विश्वका शक्ति सम्पन्न राष्ट्र जि७ मा सबैभन्दा बढी आत्महत्या दर भएको देश हो । यहाँ हरेक वर्ष कम्तीमा पनि २० हजार जनाले आत्महत्या गर्ने गरेका छन् । 

सन् २०१५ मा गरिएको एक सर्भेक्षणमा जापानका प्रति एक लाख मानिसमा १८.५ जनाले आत्महत्या गर्ने गरेका छन् । 

सरकारले यो प्रतिशतलाई घटाएर आगामी सन् २०२५ सम्ममा प्रति एक लाखमा १३ जनामा मात्र सिमीत गर्ने कार्यक्रम सन् २०१५ मा नै ल्याएको थियो । 

जापानमा पछिल्ला वर्षहरुमा आत्महत्याको सङ्ख्या विगतका केही वर्षदेखि घट्दै आएको छ । सन् २००३ मा जापानमा ३४ हजार ४२७ जनाले आत्महत्या गरेका थिए । 

यो दरमा कमी आइ गतबर्षमात्र २१ हजार ८९७ जापानी नागरिकले आत्महत्या गरेका थिए । 

मङ्गलबारको मन्त्रिपरिषदको बैठकले जापानमा आत्महत्याको दर घटाउने विषयमा विभिन्न कार्ययोजना पारित गरेको छ । 

यस कार्ययोजनामा नागरिकको यो लतलाई के कसरी कम गर्न सकिन्छ भन्ने विषय समेटिएको मन्त्रिपरिषदका प्रवक्ताले जनाएका छन् । 

प्रकाशित: १० श्रावण २०७४ ०७:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App