६ वैशाख २०८१ बिहीबार
अर्थ

कोरियन भाषा परीक्षामा १२ हजार उत्तीर्ण

काठमाडौं - सन् २०१८ मा रोजगारीका लागि कोरिया जान लिइएको भाषा परीक्षामा १२ हजार एक सय ८ जना उत्तीर्ण भएका छन् ।
मंगलबार कोरियाको मानव संशाधन विभागले प्रकाशित गरेको नतिजा अनुसार कृषिमा न्यूनतम ४२ र सेवा क्षेत्रमा ४४ अंक प्राप्त गर्ने उत्तीर्ण भएका हुन् । सन् २०१८ का लागि कोरियाले १० हजार पाँच सय जनाको कोटा निर्धारण गरेको छ । ‘केही परिक्षार्थीको नम्बर जुँधेकाले कोटा भन्दा बढी उत्तीर्ण भए,’ वैदेशिक रोजगार विभाग अन्तर्गत कोरिया शाखाका प्रमुख बाबुराम खतिवडाले भने ।
भाषा परीक्षामा ७५ हजार पाँच सय ८० जनाले अनलाइनमार्फत फारम भरेकामध्ये ६८ हजार चार सय ६९ जनाले गत जेठ २७ र २८ गते परीक्षा दिएका थिए ।
यसपटक उत्तीर्ण भएकाहरू आउँदो फागुनदेखि उड्न पाउने खतिवडाले बताए ।

प्रकाशित: १० श्रावण २०७४ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App