coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

काठमाडौं—युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो सूची (एसएससी)बाट मुक्त भएलगत्तै क्यानले इयूको सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो। आइकाओले सन् २०१३ (२०६९-७०) देखि नेपालमाथि लगाएको एसएससीलाई यही २० जुलाई २०१७ (२०७४ साउन ५) मा औपचारिक रुपमा हटाएको थियो।

क्यानको प्रगति प्रतिवेदनका आधारमा इयूलाई यही साता पत्राचार गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए। 'हामीले एक-दुई दिनभित्रै प्रगति प्रतिवेदन पठाउछौँ, तर त्यसैको आधारमा निर्णय हुँदैन। आगामी नोभेम्बर (कात्तिक)मा बस्ने इयूको हवाई सुरक्षा समिति (सेफ्टी कमिटी)को बैठकले निर्णय गर्छ', उनले भने।

इयूका छब्बिस वटै राष्ट्रका प्रतिनिधि सहभागी रहने समितिको बैठक शक्तिशाली फोरम मानिन्छ। त्यसबाट निर्णय भएपछि मात्र नेपाल इयूको कालो सूचीबाट हट्नेछ। आइकाओको सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई कालो सूचीमा राखेको थियो।

नेपाल २०७० मङ्सिर २० देखि इयूको कालो सूचीमा छ जसका कारण नेपाली वायु सेवालाई युरोपको आकासमा उडान गर्न प्रतिबन्ध लागेको थियो। रासस

प्रकाशित: १० श्रावण २०७४ १३:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App