१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

हर्नान्डेज वेस्टह्याममा

लन्डन– वेस्ट ह्यामले रियाल मड्रिड तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर हाभियर हर्नान्डेजलाई १ करोड ६० लाख पाउन्डमा भिœयाउने प्रक्रिया पूरा भएको सोमबार बताएको छ।

प्रिमियर लिगको टोलीले पछिल्लो केही हप्तादेखि मेक्सिकोका कीर्तिमानी गोल स्कोररलाई लन्डन रंगशाला भिœयाउने प्रयास थालेको थियो । तीन वर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका हर्नान्डेज वेस्ट ह्यामका प्रशिक्षक स्लाभेन बिलिक र नयाँ टिम सहयात्रीहरुलाई भेट्न चाँडै जर्मनीबाट लन्डन आउने बताइएको छ।

‘वेस्ट ह्याम युनाइटेडसँग अनुबन्धित हुन पाउँदा म खुसी छु । प्रिमियर लिग विश्वकै सर्वोत्कृष्ट लिग हो । त्यसैले अवसर आउनेबित्तिकै मैले प्रिमियर लिगको क्लबसँग सम्झौता गर्ने विषयमा दोहो¥याएर सोचिनँ,’ हर्नान्डेजले भने ।

टोलीले यसअघि म्यानचेस्टर सिटीबाट इङ्ल्यान्डका गोलकिपर जोए हार्ट र अर्जेन्टिनी रक्षक पाब्लो जाबालेटा तथा स्टोकबाट अस्ट्रियाली विंगर मार्को आर्नाओटोभिचलाई लन्डन रंगशाला भिœयाइसकेको छ ।

‘उनले प्रिमियर लिग, ला लिगा र बुन्डेसलिगाका साथै युइएफए च्याम्पियन्स लिगमा गोल गर्ने क्षमता प्रमाणित गरिसकेका छन् । मेक्सिकोका लागि अन्तर्राष्ट्रिय स्तरमा उनी कीर्तिमानी गोलकर्ता हुन्,’ क्लबका सहअध्यक्ष डेविड सुलिभानले हर्नान्डेजबारे भने ।

चार सिजन युनाइटेडमा बिताउने क्रममा १ सय ५६ खेलमा ५९ गोल गरेका हर्नान्डेज २०१४–१५ को सिजनमा लोनमा रियाल मड्रिड गएका थिए । युनाइटेडबाट दुई पटक प्रिमियर लिगको उपाधि जितेका हर्नान्डेजले २०१५ अगस्टमा ओल्ड ट्राफोर्ड छोडेर जर्मनीको बाटो तताएका थिए । जर्मनीमा बायर लेभरकुसनबाट व्यावसायिक करियर अघि बढाउने क्रममा उनको प्रभाव अझै बलियो थियो । लेभरकुसनबाट ७६ खेलमा उनले ३९ गोल गरेका थिए।

प्रकाशित: ११ श्रावण २०७४ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App