४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रधानमन्त्री देउवाले गरे मन्त्रीमण्डल विस्तार

राष्ट्रपति निवासमा नवनियुक्त १९ मन्त्रीहरु सपथ ग्रहण गर्दै। तस्बिर : दिनेश गाेले

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ नवनियुक्त मन्त्रीहरूले सपथ ग्रहण गरेका छन् ।

नवनियुक्त १९ मन्त्रीहरुमध्ये अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारण, गिरिराजमणि पोखरेल स्वास्थ्य, जितेन्द्र देव संस्कृति तथा पर्यटन, गोपाल दहित भूमिसुधार, रामकृष्ण यादव कृषि विकास, मोहन बस्नेत सूचना तथा सञ्चार, महेन्द्र यादव खानेपानी तथा सरसफाई, वीरबहादुर बलायर भौतिक पूर्वाधार तथा यातायात, मीन विश्वकर्मा वाणिज्य, भीमसेनदास प्रधान रक्षा र राजन केसीले युवा तथा खेलकुद मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् ।

त्यस्तै यज्ञबहादुर थापा कानुन, सञ्जयकुमार गौतम सिंचाई, टेकबहादुर बस्नेत सामान्य प्रशासन, शिवकुमार मण्डल आपूर्ति, महेन्द्रबहादुर शाही ऊर्जा, आशा कोइराला महिला तथा बालबालिका, वसन्तकुमार थारु पशुपंक्षी विकास र मिथिला चौधरीले वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षा, कृष्णबहादुर महरा उपप्रधान तथा परराष्ट्र, ज्ञानेन्द्र बहादुर कार्की अर्थ, फर्मूल्लाह मन्सुर श्रम, जनार्दन शर्मा गृह,  प्रभु साह शहरी विकास र विजयकुमार गच्छदार उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका  छन्।

 

प्रकाशित: ११ श्रावण २०७४ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App