coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अन्तरघातीलाई कारवाही गर्दै एमाले

भोजपुर –  स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै एमाले भोजपुरले कारवाही थालेको छ ।  निर्वाचनको क्रमममा अन्तरघात र पार्टीले उठाएको उम्मेदवारका विरुद्ध बागी उठ्ने नेता कार्यकर्ताहरुलाई एमालेले कारवाही गरेको हो ।  निर्वाचन समिक्षा गर्ने बसेको एमाले जिल्ला कमिटी बैठकले अन्तरघात र बागी उठनेहरुलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निस्कासन गरी कारवाही गरेको नेकपा एमाले भोजपुरले जनाएको छ । कारवाही पर्नेहरुमा संगठित सदस्यदेखि प्रदेश कमिटीका सदस्य समेत रहेका छन् । 

अधिकांश स्थानीय तहहरुमा अन्र्तघात भएको कारण पार्टीले हार व्यहोर्नुपरेको ठहर एमालेको छ । पार्टी निर्देशन र अनुशासन विपरित गतिविधि गर्नेलाई कारवाही गरेको सचिव शरणकुमार राईले बताए । अन्तरघातसंगै धेरै स्थानमा पार्टीले उठाएको उम्मेदवारको विरुद्ध बागी उठेका कारण हार व्यहार्नुपरेको जिल्ला कमिटीले निष्कर्ष निकाल्दै अन्र्तघात र बागी उठनेहरूलाई कारवाही गरेको राईले बताए । 

जिल्ला कमिटीले पार्टीको तल्लो कमिटीले सिफारिश गरेको आधारमा अनुसन्धान गरी कारवाही गरिएको हो । एमाले जिल्ला कमिटिले टेम्के मैयुङ गाउँपालिका –९ मा वडा अध्यक्षमा बागी उठ्ने जिल्ला कमिटी सदस्य नभराज माङपाहाङ, वडा नं ७ मा वडा अध्यक्षमा नै बागी उठ्ने जिल्ला सदस्य विजयलक्ष्मी राई र उनीहरूको समर्थक, प्रस्तावक संगठित सदस्य रहेका यादवकुमारी नेपाल, भीमप्रसाद लुइटेल र बाबुराम शाक्यलाई पनि कारवाही गरेको छ । वडा नं ७ र ६ का बागी उम्मेदवारहरूलाई सहयोग गरेर पार्टी विरुद्ध गतिविधि गरेको ठहर गर्दै पूर्व गाउँपार्टी सचिव केदार नेपाल र सदस्य नन्दकुमार तिम्सिनालाई पनि कारवाही गरेको छ । बागी उम्मेदवारहरूको पक्षमा भोट माग्दै हिड्ने जिल्ला कमिटी सदस्य नविन राईलाई पनि अन्तरघात गरेको ठहर गर्दै कारवाही गरेको छ ।  

निर्वाचनको क्रममा पौवादुङमा गाउँपालिकामा अन्तरघात गर्नेहरुलाई कारवाही गरेको छ । जिल्ला कमिटी सदस्य उदय कार्की र संगठित सदस्यहरु गजेन्द्र तामाङ र कर्ण तामाङलाई कारवाही गरको छ । उनीहरुले उम्मेदवारलाई हराउन पार्टीको हित विपरित गतिविधि गरेको ठहर गर्दै कारवाही गरेको हो । 

भोजपुर नगरपालिकामा अन्तरघात गर्ने प्रदेश कमिटी सदस्य रमेश शाक्यलाई कारवाहीका लागि प्रदेश कमिटीमा सिफारिश गरेको छ । शाक्यले पार्टीका उम्मेदवारहरुलाई हराउन गतिविधि गरेको भन्ने कार्यकर्ताबाट व्यापक गुनासो आएपछि जिल्ला कमिटिले तीन सदस्यीय छानविन समिति नै गठन गरेको थियो । छानविन समितिले प्रदेश सदस्य शाक्यले अन्र्तघात गरेको ठहर गर्दै जिल्ला कमिटीलाई प्रतिवेदन बुझाएको थियो । जिल्ला कमिटिले छानवीन समितिले दिएको प्रतिवेदनको आधारमा कारवाहीको लागि प्रदेशमा पठाएको जनाएको छ । 

बाँकी स्थानीय तहहरुको वडाहरुमा पनि अन्तरघात र बागी भएकाले निर्वाचनको समिक्षा सुक्ष्म ढंगले गर्न पदाधिकारीहरुको संयोजकत्वमा अध्ययन गर्ने टोली बनेको छ । पदाधिकारीहरुको संयोजकत्वमा रहेको टोलीले सुक्ष्म ढंगले अध्ययन गरी उक्त विषयमा टुंगो लाउने जिल्ला कमिटी सचिव शरण कुमार राईले बताए । 

सुक्ष्म ढंगले अध्ययन तथा छानविन गर्नका लागि आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसाद गाउँपालिकामा प्रेमकुमार राई, टेम्के मैयुङ गाउँपालिका, भोजपुर नगरपालिका र पौवादुङमा गाउँपालिकामा शरणकुमार राई र षडानन्द नगरपालिका, अरुण गाउँपालिका र साल्पा सिलिछो गाउँपालिकामा देवीराम चौलागाईलाई संयोजक तोकेको छ । निर्वाचनको क्रममा भएको अन्तरघातको सुक्ष्म ढंगले अध्ययन गरी कारवाही गर्नका लागि उक्त टोली बनाइएको पार्टी सचिव शरणकुमार राईले बताए । अन्र्तघात गर्ने जो सुकैलाई पनि कारवाही हुने र माफी समेत नहुने सचिव राईले बताए । 
 

प्रकाशित: ११ श्रावण २०७४ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App