७ वैशाख २०८१ शुक्रबार
कला

खत्तम प्रेम कहानी ?

मुम्बई- बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको जोडीलाई बलिउडमा रुचाइएको जोडीका रूपमा लिइन्छ। रणवीरको चञ्चलपन र दीपिकाको मुस्कान धेरैका लागि आकर्षणको माध्यम पनि हुन्। बलिउडमा जमेका प्रेमजोडीका रूपमा परिचित दीपिका र रणवीरको प्रेम यतिबेला भने संकटमा परेको छ। उनीहरूको प्रेम सम्बन्ध टुट्न लागेको समाचार पनि सञ्चारमाध्यममा आइ रहेकै छन्। फिल्म 'बाजीराव मस्तानी'मा 'बाजीराव' बनेका रणवीरले यतिबेला फिल्मकी 'मस्तानी' अर्थात दीपिकालाई साथ नदिइरहेको नयाँ समाचार सार्वजनिक भएको छ। एक अंग्रेजी पत्रिकाका अनुसार दुवैजना यतिबेला आ–आफ्नो काममा व्यस्त रहेकाले पनि उनीहरूबीच दूरी बिस्तारै बढ्दै गएको छ। पत्रिकाले रणवीरले आफ्ना लागि नयाँ प्रेमिका पनि खोजिसकेको दाबी गरेको छ।

दीपिका र रणवीर ६ वर्षदेखि अफेयरमा थिए। यो बीचमा उनीहरूबीच इन्गेजमेन्टको कुरा पनि पटक–पटक आएको थियो। उनीहरूबीच आपसी मनमुटाव केही नभए पनि एकआपसलाई समय नदिँदा तिक्तता सुरु भएको जनाइएको छ।

समाचारअनुसार रणवीर चाँडै नै दीपिकासँग विवाह गरेर घर बसाल्न चाहन्छन्। तर दीपिकाले आफ्नो करियरलाई प्राथमिकता दिएपछि उनीहरूबीचको सम्बन्धमा दरार आउन थालेको हो। दुवैको परिवारले उनीहरूको विवाह चाँडै होस् भन्ने चाहना राखे पनि त्यो अब असम्भव झैं बनेको छ।

गत जुलाई ६ मा रणवीर आफ्नो जन्मदिनको मौका पार्दै नयाँ कारमा दीपिकालाई लिन उनको घर पुगेका थिए। रणवीरको अपार्टमेन्ट बाहिर आधा रातसम्म सँगै देखिएपछि उनीहरू लामो यात्रामा गएर आएको अनुमान पनि लगाइएको थियो। त्यो बेला दीपिकाको अनुहारमा केही मलिनता पनि छाएको थियो। केही समय अघि टेनिस स्टार नोवाक जोकोभिकसँग पनि दीपिकाको नाम जोडिएको थियो।

प्रकाशित: १३ श्रावण २०७४ ०४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App