coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लोकमानलाई महाअभियोग माग गर्नेमाथि जनआन्दोलन-२ शैलीको दमन

डा. केसीका समर्थकलाई पक्राउ गर्दै प्रहरी। तस्बिर: केशव थाेकर

काठमाडौं— पन्ध्र दिनदेखि अनसनरत डा.गोविन्द केसीको समर्थनमा टाउकोमा पागल लेखेको फेटा बाँधेर चिकित्सक, विद्यार्थी तथा सर्वसाधारणले प्रदर्शन गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल अगाडि भएको प्रदर्शनका सहभागीले प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गरेका छन्।

प्रदर्शनमा सांसदको घडिमा लोकमानको ब्याट्री, माफियाको मन्त्र लोकमानको तन्त्र, धेरै कुरा प्रष्ट छ, अख्तियारमा नै भष्ट्र नै छ जस्ता नारा लागेका थिए। विद्यार्थीले चर्का नारा लगाएपछि प्रहरी दमनमा उत्रिएको थियो।

शाही सत्ता जोगाउन लोकमानसिंहहरुले जे गरेका थिए आज त्यही शैलीको दमन गर्ने काम भयो। लोकमानहरुसँग लडेर लोकतन्त्र ल्याइयो फेरि लोकमानतन्त्रविरुद्ध लड्नुपर्ने दिन आए।

प्रहरीले प्रदर्शनकारीमाथि चर्को बल प्रयोग गरेको छ। १० जनालाई पक्राउ गरेको छ। उनीहरुलाई प्रहरीले लात्तले हान्ने तथा अश्लिल गाली गर्ने काम गरेको थियो। पक्राउ पर्नेहरुमा डा.बद्री अर्याल, डा. सागर पोखरेल,  पुकार बम, अभिनाश बस्नेत, पारस रावत, निरज सिद्धिकी, विक्रम ओली, पदमराज जोशी, विश्वास दाहाल र ज्ञानेन्द्र निरौला छन्।

प्रहरीको कुटाइबाट घाइते भएका ४ जनालाई अस्पताल भर्ना गरिएको छ।

शाही सत्ता जोगाउन लोकमानसिंहहरुले जे गरेका थिए आज त्यही शैलीको दमन गर्ने काम भयो', एक जना सहभागीले नागरिकन्युजसँग भने, 'लोकमानहरुसँग लडेर लोकतन्त्र ल्याइयो फेरि लोकमानतन्त्रविरुद्ध लड्नुपर्ने दिन आए।'

ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा लोकमानसिंह कार्की सरकारको मुख्य सचिव थिए। त्यतिबेला भएको जनअान्दोलन २ दमन गर्न सुरक्षाकर्मीले व्यापक बल प्रयोग गरेको थियो। पछि जनआन्दोलन दमन गर्न सत्ता, शक्ति र पदको दुरुपयोग गरेको अभियोगमा रायमाझी आयोगले दोषी ठहर गरेका कार्कीलाई २०७० वैशाख २५ मा खिलराज रेग्मीको चुनाबी सरकारले अख्तियार प्रमुखमा नियुक्त गरेको थियो।

जनप्रतिनिधिमूलक संस्था संसद नभएको अवस्थामा भएको उनको नियुक्ति हामीले गरेका हौं भनेर अहिलेसम्म कांग्रेस, एमाले वा माओवादी कसैले सार्वजनिक रुपमा भन्न सकेका छैनन्।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App