८ वैशाख २०८१ शनिबार
राजनीति

जब राजेन्द्र पाण्डेले दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे...

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार संसदमा पेश गरेके अविश्वासको प्रस्तावमाथिको छलफलमा रोचक वहश भइरहेको छ। नेताहरुले आफ्नो पार्टीको नीति अनुसार  अविश्वासको पक्ष र विपक्षमा रोचक वहश भइरहेको छ।

छलफलमा भाग लिँदै एमाले सांसद राजेन्द्र पाण्डेले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भैंसी व्यापारीसँग तुलना गरे। उनले रमाइलो पारामा दाहाललाई भैंसी व्यापारीसँग तुलना गर्दा दाहाल भने मुसुमुसु हाँसीरहेका थिए।  पाण्डेले भैंसी व्यापारीले अरुको भैंसीलाई नराम्रो कम मुल्यको भनेर सस्तो मुल्यमा आफूले किन्ने र आफ्नोमा ल्याइसकेपछि त्यही भैंसीको गुणगान गाएर बढी मुल्यमा बेच्ने गरेको प्रसंग सुनाए।  उनले प्रधानमन्त्री ओलीसँग सहकार्य गरुन्जेल ओली राष्ट्रवादी, गणतन्त्रवादी र विकास प्रेमी भएको  तर दाहाल सरकारबाट बाहिरिएपछि एकाएक गणतन्त्र र संघीयता मन नपर्ने व्यक्तिको रुपमा संसदमा भाषण गरेकोतर्फ व्यंग गरे।

सिजन अनुसारको बोली बोल्न नेताहरु सिपालु भएको बताउँदै उनले संसदीय अभ्यासको संसारकै गुरु हुन बेर नलगावउने टिप्पणी गरे। उनले संसदीय अभ्यासमा विगतमा जे जति कमजोरी भए पनि अव सच्याएर जानुपर्नेमा जोड दिए। कांग्रेस सभापति शेरबहादु देउवा तर्फ देखाउँदै उनले भएको संसद अन्तै बुझाए सडकमा पनि संसद खोज्दै हिडेको बताए। मधेसी दल तर्फ संकेत गर्दै रक्सौलको आन्दोलन हुँदै टुंडिखेलबाट लुसुक्क संसद छिरेका साथीहरु सहित सबै मिलेर जान जरुरी भएकोमा जोड दिए।

 

प्रकाशित: ९ श्रावण २०७३ ०८:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App