coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

चिनीले हुन्छ डिप्रेसन

एक नयाँ अध्ययनअनुसार धेरै चिनी मिसाइएको पेय पदार्थ, केक र मिठाई खाने मानिस बढी डिप्रेसनको जोखिममा छन्।

युनिभर्सिटी कलेज अफ लन्डनका अनुसन्धानकर्ताले सन् १९८० को दशकमा भएको ह्वाइट हल सेकेन्ड स्टडीका लागि छानिएका पाँच हजार पुरुष र दुई हजार महिलाको खानामा प्रयोग गरिएको चिनी र उनीहरूको मानसिक स्वास्थ्य समस्यालाई दाँजेर हेरेका थिए।

उनीहरूले चिनीको अधिक प्रयोग र डिप्रेसनबीच बलियो सम्बन्ध भएको पाए। अध्ययनमा समावेश सबैभन्दा बढी चिनी सेवन गर्ने अर्थात् एक दिनमा ६७ ग्रामभन्दा बढी चिनी उपभोग गर्ने मानिसमा सामान्य मानसिक समस्या हुने सम्भावना दैनिक ३९.५ ग्राम उपभोग गर्नेको भन्दा २३ प्रतिशत बढी छ।

डिप्रेसनका कारण मानिसले धेरै चिनीयुक्त खानेकुरा सेवन गर्छन् कि भनेर अनुसन्धानकर्ताले अनुमान गरेका थिए, तर त्यस्तो नभएको पत्ता लाग्यो।

युसिएल इन्स्टिच्युट अफ इपिडिमियोलजी एन्ड हेल्थका लेखक आनिका नुपेलले भनिन्, 'हाम्रो स्वास्थ्यमा अधिक चिनीयुक्त खानपानको धेरै प्रभाव पर्छ। तर, हाम्रो अध्ययनले यो देखायो कि विशेषगरी पुरुषमा चिनी र मुड डिसअर्डरका बीच पनि सम्बन्ध रहेछ। मुड डिसअर्डरका अनेकौँ कारण छन् तर अधिक चिनीयुक्त खाद्य र पेय पदार्थ यस्तो सिन्का हो, जसले ऊँटको ढाड भाँच्न सक्छ।'

अध्ययनले चिनीको सेवन र महिलाको नयाँ मुर्ड डिसअर्डरबारे भने केही सम्बन्ध पाएन र यसको कारणबारे पनि कुनै स्पष्टता छैन। लामो जनसंख्यामा चिनी–डिप्रेसन असरबारे धेरै अनुुसन्धान जरुरी छ।

नुपेल भन्छिन्, 'चिनीले हाम्रो स्वास्थ्यमा पुर्‍याएको भौतिक क्षतिको प्रमाण वृद्धि हुँदै छ। हाम्रो अध्ययनले युकेको सुगर लेभीजस्ता नीतिगत कार्यको औचित्यलाई बढावा दिन्छ। तर, धेरै युरोपेली देशले यसको सम्बोधन गरेको छैन।'

साइन्टिस्ट रिपोर्ट जर्नलमा प्रकाशित यो अध्ययनपत्र चिनी र डिप्रेसनको सम्बन्ध देखाउने पहिले रिपोर्ट भने होइन। नुपेलका अनुसार पहिले कम्तीमा तीनवटा अनुसन्धान भइसकेका छन्, जसले उनीहरूको यो निष्कर्षलाई सपोर्ट गर्छ।

चिनी सेवन र मानसिक स्वास्थ्यलाई प्रश्नावलीमार्फत मापन गरिएको थियो। खानपानसम्बन्धी अनुसन्धानको एउटा समस्या भनेको आफूले खाने खानेकुराबारे मानिसले पूर्ण सत्य नभन्न सक्छन्। तर उनले भनिन्, 'मानिसले आफूले के खान्छु भन्ने कुरा बढाइचढाई गरेर भन्ने सम्भावना कम छ।'

पुरुषको नतिजा एकदम बलियो थियो, तर महिलामा त्यति बलियो थिएन। एउटा कारण यो हुनसक्छ कि महिलाहरू अध्ययनमा कम प्रतिनिधित्व गर्थे। तर नेसनल डाइटरी सर्भेले पनि पुरुषहरू महिलाभन्दा बढी चिनी सेवन गर्छन् भन्ने कुरा बताउँछ।

किंग्स कलेज लन्डनका प्रोफेसर टम क्यान्डर्सले भने निम्न आर्थिक सामाजिक अवस्था, धूमपान जस्ता कारणले अध्ययनको नतिजालाई प्रभाव पारेको हुन सक्ने बताए।

लेखक तथा प्रोफसर एरिक ब्रुनरले भने, 'हाम्रो अध्ययनले चिनीयुक्त खाना र पेय पदार्थबाट सकेसम्म टाढा रहनका लागि कारण प्रस्तुत गरेको छ। त्यसैले आगामी २०१८ को अप्रिलदेखि लागू हुने सफ्ट ड्रिंक्समा चिनी करसम्बन्धी व्यवस्था राम्रो निर्णय हो।'

स्रोत :  द गार्जिएन

प्रकाशित: १४ श्रावण २०७४ ०३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App