८ वैशाख २०८१ शनिबार
राजनीति

अमरेश सिंहको नागरिकता छानविनकाे माग गर्दै प्रदर्शन

काठमाडौँ-युवा सङ्घ नेपालले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको स्वास्थ्यलाई आपत्तिजनक भनेर अभिव्यक्ति दिने सांसद अमरेश सिंहलाई कारबाहीको माग गरेको छ ।

सङ्घले सिंहको नागरिकता पनि छानबिन गरी वास्तविकता पत्ता लगाउन माग गर्दै नयाँ बानेश्वर तथा त्यस आसपास क्षेत्रमा आज विरोध प्रदर्शन गरेको थियो ।

करिब एक घन्टासम्म गरिएको प्रदर्शनमा सहभागीले राष्ट्रियताक पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने सन्देश प्रचार गरेका थिए ।
सङ्घका अध्यक्ष राजीव पहारीले जनप्रतिनिधि सिंहलाई आफूले दिएको अभिव्यक्तिलाई प्रमाणित गर्न आग्रह गर्दै त्यसो हुन नसके उनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने तथा उनलाई सभामुखले निलम्बन गर्नुपर्ने माग गरे।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले देशको राष्ट्रियता बलियो बनाउन युवाले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। संसद्मा नेकपा (एमाले) का नेताहरुले त्यसको विरेध गरेपछि सभामुखले संसद्को अभिलेखबाट सो अभिव्यक्ति हटाउन निर्देशन दिएकी थिइन् । रासस

 

प्रकाशित: ९ श्रावण २०७३ ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App