५ वैशाख २०८१ बुधबार
राजनीति

बाधा अड्काउ फुकाउप्रति देउवाको आपत्ति

संसदमा सम्वाेधन गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवा। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता एवं सभापति  शेरबहादुर देउवाले सरकारले बाधा अड्काउ फुवाउ गर्न सरकारले राष्ट्रपतिसमक्ष गरेको सिफारिसप्रति असन्तुष्टि जनाएका छन्।

व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा बोल्दै देउवाले यसअघि प्रधानमन्त्री बन्न बाधा अड्काउ फुकाउ आवश्यक नपरेको तर अहिले सरकारले किन बाधा अड्काउ फुकाउका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरियो भन्ने प्रश्न गरे।‘तर यसमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने।
 उनले छिमेकीसँग राम्रो सम्बन्ध भयो भने मुलुकमा राष्ट्रियताको खतरा नहुनेसमेत बताए। ‘हाम्रो राष्ट्रिय सुरक्षामा खतरा धेरै सेना नभएर भएको होइन,’ उनले भने,‘हाम्रो विदेश नीतिका कारण राष्ट्रिय सुरक्षामा खतरा परेको हो।’

प्रधानमन्त्रीतर्फ संकेत गर्दै देउवाले कसैको देशभक्तिप्रति औंला ठड्याउन नहुने बताए। सरकारले मनलाग्दी पैसा बाँडेको भन्दै विदेशी र स्वदेशी करदाताले दिएको पैसा जथाभावी बाँडेको भन्दै आक्रोश व्यक्त गरे।

 

प्रकाशित: ९ श्रावण २०७३ ११:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App