८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता : प्रधानमन्त्री

संसदमा सम्वाेधन गर्दै प्रधानमन्त्री केपी अाेली। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सरकार गठन विघटन लोकतान्त्रिक शासन प्रणालीका विशेषता रहेको बताएका छन्। व्यवस्थापिका संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रधानमन्त्री ओलीले सरकार गठन विघटन र आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका विशेषता रहेको बताएका हुन्।

जनताको सर्वोच्चतामा विश्वास गर्ने, अध्यारो कोठामा नभइ संसदमा विश्वास गर्ने आफ्ना लागि अविश्वासको प्रस्ताव सामान्य रहेको बताए। त्यो प्रक्रियाका हिसाबले सामान्य भएपनि उद्देश्यका हिसाले उचित नभएको बताए। सात दशक लामो बलिदानपूर्ण संघर्ष र दुई वटा संविधानसभाको अनुभवबाट प्राप्त संधिवान कलिलै रहेको भन्दै त्यसलाई बलियो बनाउनुपर्ने बताए। मुलुक आर्थिक समृद्धि देख्न नचाहने र धमिलो पानीमा माछा मार्न पल्केकाप्रति सचेत रहन आग्रह गरे।

प्रधानमन्त्रीले सरकारले राम्रो काम गरेका कारण दण्डित गरिएको गुनासो गरे। महाभारतको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीले ओलीले अहिले आँफूलाई पनि अभिमन्यूको जस्तो चक्रव्यूहमा पार्न खोजिएको आरोप लगाए।‘तर अहिलेको अभिमन्यू त्यति कलिलो छैन,’ उनले भने।

संविधान कार्यान्वयन गर्न प्रमुख दलबीचको एकता आवश्यक रहेको अवस्थामा दलहरुबीचको सहकार्य तोड्ने गरी काम अगाडि बढेको उनले आरोप लगाए।संविधान कार्यान्वयन, भूकम्पपछिको पुननिर्माण र राष्ट्रिय स्वाधीनता र शान्ति प्रक्रिया अगाडि बढाउने कुरामा माओवादीसँग सहकार्य भएको भन्दै उनले त्यसका लागि उपराष्ट्रपति, सभामुख र राम्रा मन्त्रालय दिइएको भन्दै ती सबै सरकार परिवर्तनका लागि नभएको बताए।

आफू विषम परिस्थितिमा प्रधानमन्त्री बनेको भन्दै ती सबै ती सबै अवस्थालाई चिर्दै सरकारले काम गरिरहेको अवस्थामा सरकार परिवर्तन गरिनु दुखद रहेको प्रधानमन्त्रीले बताए।  ‘यि सबै अबरोधलाई छिचोल्दै सरकार अगाडि बढिरहेका बेला सरकार परिवर्तनका रहस्यम खेल भए,’ प्रधानमन्त्रीले भने।
 

 

प्रकाशित: ९ श्रावण २०७३ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App