८ वैशाख २०८१ शनिबार
राजनीति

नगर सफा गर्ने निर्णय दुई महिनामा पनि कार्यान्वयन भएन

जाजरकोट- भेरी नगरपालिकाको खलंगा बजार सफा राख्न  नगरपालिकाको पहिलो वैठकले गरेको निर्णय अहिले सम्म कार्यान्वयनमा नआउँदा बजारका विभिन्न भागहरुमा  र्दुगन्ध फैलिन थालेको  छ। 

नगरपालिकाको  गत जेठ ५ गते बसेको बैठकले पहिलो निर्णयको रुपमा  नगरपालिकालाई हरियालीयुक्त र सफा नगरपालिका बनाउने  निर्णय गरे पनि  उक्त निर्णय अनुसार अहिले सम्म केहि काम नभएको  स्थानीयवासीको गुनासो छ। जनताका प्रतिनिधि आएर पनि नगर सरसफाइको काममा तिव्रता नआएको भन्दै स्थानीयले  गुनासो   गरेका हुन्।  भेरी नगरपालिका स्थित खलंगाका मुख्य बजारहरुमा फोहर थुप्रिदा बजार कुरुप मात्र नभइ  दुर्गन्धित  समेत बन्दै गएको स्थानीयको गुनासो  छ। 

खलंगा बजारका  ठाँटी, थाप्लेचौर, गैरीखाली,  शान्तिौतारा मुख्य रुपमा  फोहरले दुर्गन्धित भएका छन्। बजार क्षेत्रमा  भएका सार्वजनिक शौचालयहरु, होटेल,पसल र स्थानीयहरुको घरवाट निस्किने फोहर व्यवस्थापन गर्न नसक्दा  बजारहरु फोहर र दुर्गन्धित भएका हुन्।   स्थानीय निकायले  फोहर व्यवस्थापनको  गतिलो योजना नवनाउँदा र गरेको निर्णय पनि कार्यान्वयन गर्न नसक्दा  समस्या परेको भेरी नगरपालिका ३ थाप्लेकी स्मीता भण्डारीले बताइन। उनले  फोहरका कारण  बजारको रुपरंगमा नै नकरात्मक असर पर्दा पनि  कसैले चासो नदिनु  दु:खको कुरा भएको गुनासो गरिन्। नागरिक अगुवा राजेन्द्रविक्रम शाहले  प्रभावकारी नेतृत्वको अभावमा   व्वस्थित  नगर निर्माणमा समस्या देखिएको   बताए।  २०७१ पुस १८ गते जाजरकोट जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपनि  व्यक्तिगत तथा सार्वजनिक शौचालयहरु व्यवस्थित नहुँदा पनि बजारमा सरसफाइ कार्य प्रभावकारी हुन नसकेको सरोकारवालाहरु बताउँछन्। 

खलंगा बजारको सरसफाइ र  फोहरको उचित व्यवस्थापनका लागि स्थानीय व्यापारी र निकायहरुले पहल  नगरेको वजारवासीको गुनासो छ। उता भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले  बजारको फोहर व्यवस्थापनका लागि नगर परिषदवाट  ३० लाख रकम छुटटयाइएको बताए।  उनले सवै नगरका  वासिन्दाले सहयोग गरे आफुले  नगरपालिकाको  जेठ ५ गतेको निर्णय सफलतापुर्वक  कार्यान्वन गर्न  सकिने  बताए। आफुले  नगरका मुख्य बजारहरुको  फोहर व्यवस्थापनका  लागि अल्पकालीन र दीर्घकालीन रुपमा  योजना बनाउन लागेको बताए।

 

 

               

प्रकाशित: १७ श्रावण २०७४ ११:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App