coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली देशलाई माया गर्ने प्रधानमन्त्रीः कमल थापा

काठमाडौं— ओली सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजीनामा दिएको साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'देशलाई माया गर्ने प्रधानमन्त्री'को रुपमा चित्रण गरेका छन्। भारतसँग सम्बन्ध सन्तुलित राखेर चीनसँग पारवहन सम्झौता गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थापाले अाफ्नो कार्यकालका प्रधानमन्त्री प्रशंसा गरेका हुन्।

'देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा केपी ओलीको सम्झना सधैँ रहनेछ', थापाले ट्विट गर्दै भनेका छन्, 'तपाईंसँग काम गर्न पाएकोमा खुसी छु। कुनै पछुतो छैन।'

ओली सरकारमा परराष्ट्रमन्त्री रहेका थापाले प्रधानमन्त्रीले राजीनामा दिएपछि यस्तो अभिव्यक्ति दिएका हुन्। अपरान्ह ४ बजे गरेको ट्विटमा राति ८ बजेसम्म एक दर्जनभन्दा बढी कमेन्ट आएका छन्।

देशलाई माया गर्ने असल प्रधानमन्त्रीको रुपमा के पी ओलीको सम्झना संधै रहने छ। तपाईंसँग काम गर्न पाएकोमा खुसी छु। No regrets @kpsharmaoli.

— Kamal Thapa (@KTnepal) July 24, 2016

भारतले नेपालमाथि नाकाबन्दी गरेको अप्ठ्यारो परिस्थितिमा ओली सरकारका परराष्ट्रमन्त्रीको रुपमा थापाले जिम्मेवारी निर्वाह गरेका थिए। अन्तरार्ष्ट्रिय फोरमहरुमा थापाले निर्वाह गरेको महत्वपूर्ण भूमिका पद त्यागको समयमा सर्वसाधारणले सम्झेका छन्।

'विशेषगरी नाकाबन्दीलाई राम्रोसँग ह्यान्डल गरेकोमा तपाइँहरु दुवै (ओली-थापा) लाई धन्यवाद', गौरव नेपालीले ट्विट रिप्लाइ गर्दै भनेका छन्, 'तपाइँहरु पूर्ण हुनुहुन्थ्यो भन्ने होइन। तपाइँहरुले सकेको गर्नुभयो।'

प्रकाशित: ९ श्रावण २०७३ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App