८ वैशाख २०८१ शनिबार
कला

‘आई लभ यु २’ युट्युबमा लोकप्रिय

काठमाडौं- युट्युबमा चर्चित बनेको ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको म्यूजिक भिडियो ‘जता जता पिरतीको बाटो...’ युट्युवमा चर्चित बनेको छ। अहिले सम्म गीतको भिडियो तीन लाख पचास हजार भन्दा बढीले हेरेका छन्। ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल बताइएको छ।

शुभ मिडिया होमको प्रस्तुति रहेको गीतमा सरोज ओलीको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । यो भिडियोमा संजय लामाको छायांकन छ।

पोखरामा सुटिङ गरिएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ। भिडियोमा कार्टुन्ज क्रुको मेम्बरहरुको कमेडी पाटोलाई देखाईएको छ । कार्टुन्ज क्रुले यो भिडियोलाई आफूहरुको कमब्याक बताएको छ।

 

प्रकाशित: १८ श्रावण २०७४ ०८:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App