८ वैशाख २०८१ शनिबार
राजनीति

भारतको विरोध र ‘ओली राष्ट्रवाद’ले देश हित गर्दैनः राजेन्द्र महतो

काठमाडौं– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले सकारसँग सार्थक वार्ता कुरेर बसेको बताएका छन्। वार्ताको संख्या थप्ने तर उपलब्धि नहुने अवस्थामा वार्तामा बस्न उनले इन्कार गरे।

सरकार र मधेसी मोर्चाबीच चलेको पछिल्लो ‘पत्र व्यवहार’ ले वार्ताको सम्भावना बढेको देखिन्छ। वार्ता बस्नु अगाडि आन्दोलनकारी तर्फका केही सर्तहरु महतोले नागरिक शो सँगको संवादमा स्पष्ट पारेका छन्। ‘अन्तिम थलो वार्ता नै हो, हामी वार्ताकै प्रतिक्षामा छौं।’ महतोले थपे ‘सरकारले थोरै संकेत र धारणा मात्रै दिनु पर्यो, २४ घण्टाभित्रै हामी वार्तामा बस्छौं।’

‘यो सरकारका केही राम्रा काम पनि छन् कि?’ सोधिएको प्रश्न नसकिदै महतो सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जोरसोरले खनिए।

‘प्रधानमन्त्रीको छवि निकै राष्ट्रवादी भनेर चर्चा भएको छ, तपाइँहरुलाई यो सुन्दा कस्तो लागिरहेको छ?’ महतोले अनुहारमा आक्रोश भाव उतार्दै भने– केपी ओलीको राष्ट्रवादले नेपाल र नेपालीको हित गर्दैन, समयले यो प्रमाणित गरेर देखाउँछ।’ उनले भने ‘ओलीलाई राष्ट्रवादी भन्नेहरु महाभ्रममा छन्।’

महतोले अहिले सरकारले चलाएको चुनावी चर्चा सुन्न पनि चाहेनन्। उनले चुनौती दिए ‘सिंहदरबारभन्दा बाहिर चुनाव कसरी हुन्छ हेरौंला।’

महतोले अहिले सरकारले चलाएको चुनावी चर्चा सुन्न पनि चाहेनन्। उनले चुनौती दिए ‘सिंहदरबारभन्दा बाहिर चुनाव कसरी हुन्छ हेरौंला।’

आन्दोलनमा भारतको सहयोग रहेको उनले स्वीकार गरेका छन्। भारतले नेपालको हित चाहेको भन्दै उनले भारतकाबारे गरिएका नकारात्मक टिप्पणी प्रति चर्को प्रतिवाद गरे। ‘अबुझहरु, सामान्य ज्ञान नभएकाले भारतको बिरोध गरिरहेका छन्।’ भारत प्रशंगका प्रश्नमा महतोले भारतको निकै बचाउ गरेका छन्। 

मधेसी मोर्चा र संघीय गठबन्धनबीचको बेमेलबारे पनि महतोले स्पष्ट पारेका छन्।

महतोको गृह जिल्ला सर्लाहीको दयनीय विकास अवस्था र भ्रष्टाचारबारे दर्शाउँदा उनी एकाएक तातिए।
प्रस्तुत छ महतोसँगको नागरिक शोः

प्रकाशित: ५ असार २०७३ ०५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App