coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सम्बन्ध सुधार्न ग्वार्डिओला इच्छुक

बेइजिङ- जोजे माउरिन्होसँग हात नमिलाउने सल्लाह पेप ग्वार्डिओलाका लागि स्विकार्य हुने छैन। माउरिन्होको म्यानचेस्टर युनाइटेडसँग सोमबार मैत्रीपूर्ण खेल खेल्नुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलाले खराव सम्बन्धलाई निरन्तरता नदिने प्रष्ट पारे।

'हामीहरु नम्र मान्छे हौं,' माउरिन्होसँग हात मिलाउने विषयमा सोधिएको प्रश्नमा ग्वार्डिओलाको जवाफ थियो। लामो समयदेखि व्यावसायिक रुपमा प्रतिद्वन्द्विीता रहेका माउरिन्होसँग ६ वर्षअघि भएको घटनाको तित्तचा तन्काउने पक्षमा ग्वार्डिओला छैनन्। स्पेनिस ला लिगाका दुई महारथी बार्सिलोना र रियाल मड्रिडमा ग्वार्डिओला र माउरिन्हो हुँदा दुईबीच सम्बन्ध खटपटिएको थियो। संयोजले विश्व फुटबलमा प्रतिष्ठित दुवै प्रशिक्षक अहिले इङलिस प्रिमियर लिगको क्लबमा आइपुगेका छन्। अझ दुवैको क्लब एउटै सहर म्यानचेस्टरका भएकाले प्रतिद्वन्द्वीताले निरन्तरता पाउने स्वभाविक अनुमान गरिएको छ। अघिल्लो सिजनको बीचमै माउरिन्होलाई चेल्सीले बर्खास्त गरेको थियो भने भने ग्वार्डिओला बायर्न म्युनिखसँगको सम्झौता सकिएपछि सिटी पुगेका थिए।

'हामीले हात नमिलाउनुपर्ने त्यस्तो कुनै कारण छैन। उनी पनि जित्न चाहन्छन्, म पनि। कुरा यत्ति हो,' नयाँ सिजन अघि अन्तर्राष्ट्रिय च्याम्पियन्स कपका लागि बेइजिङको ओलम्पिक स्पोर्टस सेन्टरमा अभ्यास दौरान ग्वार्डिओलाले पत्रकारहरुसाग भने, 'यो मैत्रीपूर्ण खेल हो। साच्चै मैत्रीपूर्ण खेल।'

तर, एलेक्स फर्गुसनले सन् २०१३ मा प्रशिक्षकको पद त्यागेपछि  युनाइटेडको प्रदर्शनमा आएको उतार–चढाव वारे ग्वार्डिओला जानकार छन्। 'म पूर्ण रुपमा विश्वस्त छु। अघिल्ला वर्षहरुभन्दा युनाइटेड बलियो भएर आउनेछ,' उनले भने, 'अहिलेका प्रशिक्षकले पक्कै नयाँ खेलाडी भित्रयाउने छन्। त्यसैले पनि टोली बलियो हुनेछ।'

म्यानेचस्टरका दुई ठूला टोलीबीच पहिलो पटक इङ्ल्यान्ड वाहिर खेल हुँदैछ। बेइजिङस्थित बर्ड नेस्ट रंगशालामा सोमबार राती दुई टोलीबीचको म्यानचेस्टर 'डर्बी' हुनेछ।

चोटमुक्त हुने क्रममा रहेका कप्तान भिन्सेन्ट कोम्पनी पनि टोलीसँगै बेजिङ पुगेका छन्। गतवर्ष घाइते भएका कोम्पनी बेइजिङ पुगे पनि टोलीसँग अभ्यास गरेका छैनन्।

ग्वार्डिओलाले प्रिमियर लिग सिजनको पहिलो खेलमा कोम्पनी खेल्ने सम्भावना रहेको वताएका छन्। सिटीले पहिलो खेल अगस्ट १३ मा सन्डरल्यान्डसँग खेल्नेछ। तर बेल्जियमका रक्षकलाई खेलाउन हतार गरेर जोखिम मोल्ने पक्षमा आफू नभएको पनि ग्वार्डिओलाले बताएका छन्।

'फिजियोथेरापिस्टले उनी खेल्नलाई तयार भइसकेको बताएका छन्। तर अझै एक साता हामी उनको अवस्था राम्ररी मुल्यांकन गर्नेछौं। हामी विस्तारै उनलाई पुनरागमन गराउने योजनामा छौं,' उनले भने, 'मुख्य विषय उनी पूर्ण रुपमा फिट हुनुपर्छ। सन्डरल्यान्डसँग खेल्न सके ठिक छ। नत्र त्यसपछि पनि थुप्रै खेल छन्, उनले खेल्न सक्ने। '

म्यानचेस्टरका दुई टोलीवाहेक जर्मन बुन्डेसलिगाको बोरुसिया डर्टमन्ड पनि सामेल अन्तर्राष्ट्रिय च्याम्पियन्स कपअन्तर्गत शुक्रबारको खेलमा युनाइटेड डर्टमन्डसँग ४–१ ले पराजित भएको थियो। डर्टमन्ड र सिटीबीच बिहीबार प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १० श्रावण २०७३ ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App