४ वैशाख २०८१ मंगलबार
खेल

डोपिङमाथि कारबाही प्रक्रिया सुरु

रियो- विश्व खेलकुदको सबभन्दा ठूलो मेला रियो ओलम्पिक अगस्ट ५ मा सुरु हुनुअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का पदाधिकारीहरु अनुसासनसम्बन्धी महत्वपूर्ण निर्णय गर्न नेपाली समयअनुसार सोमबार विहान अन्तिम वैठक वस्दैछन्।

पछिल्लो ओलम्पिकमा रुसी खेलाडीले गरेको ठगीविरुद्ध चाल्ने कदम त्यो वैठकको मुख्य एजेन्डा हुनेछ। रुस आफैले सञ्चालन गर्ने सोची ओलम्पिक ल्याबको समेत दुरुपयोग गर्दै रुसी खेलाडीहरुले योजनावद्ध रुपमा लागु औषध प्रयोग गरेको अनुसन्धानले देखाएको थियो। त्यसका कारण विश्व खेलकुदलाई पारदर्सी, स्वच्छ प्रतिस्पर्धात्मक र विसंगतिमुक्त बनाउने अभियानमा आइओसीमाथि कडा कार्वाही गर्ने दबाब बढेको थियो।

'डोपिडको विषयमा भएका यस्ता ठगीले मलाई आश्चर्यमा पारेको छ। यसले  आइओसीमाथि पनि समस्या थपिएको छ। वास्तवमा यस्ता घटनाहरु आइओसीका चुनौती हुन्। तर आइओसीले आफ्नो काम गर्नैपर्छ,' आइओसीको लागुऔषध विरोधी संस्था (वाडा) का पूर्व कार्यकारी प्रमुख रिचार्ड डब्लु पाउन्डले भने।

रुसको ट्रयाक एन्ड फिल्ड टिमलाई अन्तर्राष्ट्रि एथ्लेटिक्स महासंघले जुनमा प्रतिवन्ध लगाएको थियो। रुसले त्यसमा अपिल गरे पनि त्यो सफल भएन। तर त्यसपछि गरिएको अध्ययनमा रुसी सरकारकै समेत सहयोगमा पछिल्ला हिउँदे र गृष्मकालिन ओलम्पिकहरुमा भारोत्तोलनलगायतका अन्य व्यक्तिगत स्पर्धामा पनि डोपिङसम्बन्धि थुप्रै अपराध भएको पाइएको थियो।

सोमबारको वैठकमा ओलम्पिक पदाधिकारीहरुले दोषी ठहर भएका विभिन्न खेलका रुसी संघहरुलाई कार्वाही गर्ने विषयमा छलफल गर्नेछन्। ट्रयाक एन्ड फिल्डवाहेक अन्य खेलमा भने रुसको सहभागिता गराउने पक्षमा ओलम्पिक पदाधिकारीहरु रहेको बताइएको छ। अन्यथा यी विषयमा निर्णयको जिम्मा सम्बन्धित खेलका अन्तर्राष्ट्रिय महासंघलाई नै दिने विषयमा पनि आइओसीले योजना बनाइरहेको छ।

'महासंघहरुलाई नै कार्वाही गर्न लगाउने हो भने आइओसीको भुमिकाको अर्थ रहन्न,' डब्लु पाउन्डले भने, 'त्यसैले यस्ता कठोर निर्णय लिने बेला आइओसीले खुट्टा कमाउनु हुन्न। अनुसासनको मामलामा आइओसीले सुन्य सहनसिलताको नीति अपनाउनुपर्छ।’

लागु औषध विरुद्ध सक्रिय आइओसी पदाधिकारीहरुले रुसी ओलम्पिक कमिटीलाई नै प्रतिवन्ध लगाउनुपर्ने विचार राखेका छन्। शुक्रबार पाराओलम्पिक अधिकारीहरुले सेप्टेम्बर ७ मा सुरु हुने पाराओलम्पिक खेलकुदका लागि रुसको पूरा टोलीलाई प्रतिवन्ध लगाउनुपर्ने माग राखेपछि शुक्रबार कार्वाहीका लागि आइओसीमाथि दबाब बढेको थियो।

आइओसीले कार्वाहीको प्रक्रिया सुरु गरिरहेकै बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एन्टी डोपिङ कमिसन स्थापना गर्ने घोषणा गरेका छन्। उनले डोपिङको वर्तमान विवादलाई पश्चिमाहरुलेरुसविरुद्ध गरेको षणयन्त्रका रुपमा वयान गरे। तर पुटिन स्वयमले यसै महिना डोपिङ अनुसन्धानमा दोषी देखिएका अधिकारीहरुलाई निलम्बन गरिसकेका छन्।

प्रकाशित: १० श्रावण २०७३ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App