८ वैशाख २०८१ शनिबार
राजनीति

जनप्रतिनिधिको सुविधामा ६ करोड, गाडी सुविधामा मात्रै ३ करोड

 काठमाडौं-  काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिको सुविधामा ६ करोड बजेट विनियोजन गरेको छ। उक्त रकम आर्थिक वर्ष २०७४/०७५ मा खर्च हुनेछ।

महानगरपालिकाले वेभसाइटमा प्रकाशन गरेको बजेट किताबमा ६ करोड २५ लाख रुपैयाँ बजेट जनप्रतिनिधिको सुविधामा उल्लेख छ।

तलब सुविधामा २ करोड १५ लाख, गाडी सुविधाको लागि ३ करोड १० लाख, फोन सुविधाको लागि १० लाख, उपचार सुविधाको लागि २० लाख, पोषक सुविधाको लागि २० लाख र सल्लाकार सुविधाको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

यो बजेट जनप्रतिनिधि आएसँगै महानगरपालिकामा यसै वर्षबाट थपिएको बजेट हो । महानगरपालिकाले १२ अर्ब ८७ करोड रुपैयाँको बजेट ल्याएको छ।

त्यसमा पुँजीगत खर्च एक अर्व ८७ करोड, तलब, पारिश्रमिक र सुविधा खर्चमा ७९ करोड, कार्यालय सञ्चालन खर्चमा ३९ करोड ३७ लाख, पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा  ८ अर्ब ९८ करोड ४८ लाख रुपैयाँ बजेट महानगरपालिकाले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको छ।

 

प्रकाशित: २२ श्रावण २०७४ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App