मुम्बई- होम प्रोडक्सनका फिल्ममा कलाकारहरू आफैं अभिनय गरेका उदाहरण प्रशस्तै छन्। नेपाली रजतपट, बलिउड र हलिउडसम्म यो चलन कायमै छ। बलिउडमा शाहरुख खान, सलमान खान, अनुष्का शर्मा, आमिर खानलगायतका कलाकार होम प्रोडक्सनको फिल्ममा अनिवार्य देखिन्छन्। तर बलिउड अभिनेत्री विद्या वालन भने होम प्रोडक्सनकेा फिल्ममा काम गर्ने अवसरबाट वञ्चित भएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार विद्याका पति सिद्धार्थ रोय कपूरले आफ्नो होम प्रोडक्सन रोय कपूर फिल्म्सको अगुवाइमा बन्न लागेको फिल्ममा श्रीमतीलाई अभिनय गराउने छैनन्। उनको फिल्ममा भाइ आदित्य र कुणाल पनि हुने छैनन्।
सिद्धार्थले हालै तीनवटा फिल्म निर्माणको घोषणा गरेका थिए। पत्रकारले सिद्धार्थलाई 'तपाईको फिल्ममा 'राष्ट्रिय पुरस्कार' विजेता पत्नी विद्या वालन पनि हुन्छिन्?' भनेर सोधिएको प्रश्नमा सिद्धार्थले फिल्ममा विद्या नहुने संकेत दिएका थिए। 'एक परिवारका रूपमा हामीले पेशा र व्यक्तिगत कामलाई अलग्गै राख्ने निर्णय लिएका छौं। यो हाम्रो लागि राम्रो कुरा हो। किनकी यस्तो कामलाई हामी एकापसलाई नजिकबाट बुझ्न सक्छौं,' सिद्धार्थले भनेका छन्, 'हामी सबै आफ्नो बाटोमा छौं। तर हामी जे काम गरिरहेको हुन्छौं त्यो बेला एकापसमा निकै सहयोग गछार्ंै।'
उनले अन्तरीक्ष यात्री राकेश शर्माको जीवनीमा बनाउन लागेको फिल्ममा आमिर खान शीर्ष भूमिकामा देखिँदैछन्। त्यस्तै वीजेन्द्र सिंह नामका व्यक्तिको जीवनीमा आधारित फिल्म र एक किताबमा आधारित फिल्म बनाउने पनि उनको योजना छ।
प्रकाशित: २३ श्रावण २०७४ ०६:११ सोमबार