१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

गार्इजात्राको रौनक

भक्तपुरका अनिल मुलेपतीले मंगलबारको गार्ईजात्राका लागि सबै तयारी पूरा गरेका छन् । गत वर्ष कात्तिक २९ गतेमृत्यु भएका आफ्ना पिता शिवजीको आत्मशान्तिका लागि उनले मंगलबार चासुखेलस्थित घरबाट गार्ईजात्रा निकाल्न लागेका हुन् । 

गार्ईजात्रामा उनका पाँच वर्षीय भतिजा सुप्रितमानकृष्ण भगवानजस्तो बनेर झाँकीमा निस्कनेछन् । आफन्तर साथीभाइले मृतक आत्माको चिरशान्तिको कामना गर्दैनगर परिक्रममा गर्नेछन् । 

काठमाडौंमा बालबालिकालाई सिँगारेर गार्इको मुखुन्डो लगार्ई गार्ईजात्रा निकाल्ने चलन छ । त्यस्तै, ललितपुरमा बालबालिकालाई शिव–पार्वती, राधा–कृष्ण लगायत भेषमासजाई झाँकी निकाल्ने गरिएको छ । 

उनका पिता चावहिल जाँदै गर्दा हृदयाघात भएको थियो । गौशालानजिक लामो ट्राफिक जाम भई समयमै अस्पताल पुर्‍याउन नपाउँदा उनका पिता बितेका हुन् । ‘राजधानीको जामका कारण हामीले बुवाको उपचार गराउन पाएनौँ,’ उनले भने, ‘अहिले परम्पराअनुसार उहाँको गाईजात्रा मनाउँदै छौँ ।’ गाईजात्रामा करिब दुई सय आफन्त सहभागी हुनेछन् । 

अनिलको परिवार मात्र होइन, गत वर्ष आफन्त गुमाउने उपत्यकाको नेवार समुदायले गाईजात्राको तयारी पूरा गरिसकेको छ । आफन्तको निधनपछि उनीहरूको आत्मशान्तिकालागि मृत्यु भएको वर्ष गाईजात्रा निकाल्ने परम्परा अनुसार उनीहरूले तयारी पूरा गरेका हुन् । राजा प्रताप मल्लले छोराको मृत्यु भएपछि कान्छी रानीलाई चित्त बुझाउन कुनै सदस्यको मृत्यु भएको घरबाट गार्ईजात्रा निकाल्ने परम्परा चलाएको इतिहास छ। 

उपत्यका रमुलुकका अन्य नेवारबस्तीमा गाईजात्राका समय छुट्टै रौनक र अाकर्षण रहने गर्छ। काठमाडौंमा बालबालिकालाई सिँगारेर गार्ईको मुखुन्डो लगार्ई गार्ईजात्रा निकाल्ने चलन छ । ललितपुरमा बालबालिकालाई शिव–पार्वती, राधा–कृष्ण लगायत भेषमासजाईझाँकी निकाल्ने गरिएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् ।

ललितपुरमा गाईजात्राको भोलिपल्ट उज्यालो पर्वका नामले चिनिने मतयाःमनाइन्छ । बिहानदेखि हातमा उज्यालो बोकेर निस्कने श्रद्धालु दिनभर नगरका मठ–मन्दिरको परिक्रमा गर्छन् । 

प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिन मनाइने गार्ईजात्रा भक्तपुरमा आठ रात नौदिनसम्म चल्ने धौभडेललेबताए । अन्य ठाउँको तुलनामा यहाँका जात्रामा विविधता भएकाले उपत्यकाका अन्य क्षेत्रबाट समेत गाईजात्रा हेर्न भक्तपुर आउनेहरू हुन्छन् । 

गाईजात्रालाई नेपाल भाषामा सापारू भनिन्छ । गार्इलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगतआत्मासजिलैस्वर्गलोक पुग्छन् भन्ने धार्मिक मान्यता छ ।

गाईजात्रामा एक वर्षभित्र मृत्यु भएकामध्ये अल्पायुमै बितेका बालबालिकाको ‘साँचा’ अर्थात् डोकोलाईगाईका रूपमा सिँगारेर नगर परिक्रमा गराइन्छ । मृत्यु भएका वयस्कको ‘ताहामचा’ अर्थात् चारवटा बाँस प्रयोग गरेरगार्ईको प्रतीक बनाई नगर परिक्रमा गराइन्छ । 

घिन्ताङघिसि र माकः प्याखं (बा“दर नाच) गाईजात्राको प्रमुख अाकर्षण हो । जात्रामा विभिन्न सांस्कृतिक बाजा खिं, धिमे, ताः, भुस्याःका साथ ताहामचासँगै घिन्ताङघिसी नाच प्रदर्शन गरिन्छ । साउन कृष्ण चतुर्दशीको गथांमुगःसँगैगाईजात्राका लागि नाचगानको तयारी सुरु हुन्छ । ‘गाईजात्रा मृतकको आत्मशान्तिकालागि मात्र नभएर नाचगानका उत्सवका रूपमा समेत विकसित हुँदै गएको छ,’ संस्कृतिविद् धौभडेल भन्छन्, ‘पछिल्लो समयनाचगानप्रति सरोकारवालाले चासो देखाउँदालोप हुँदै गएको संस्कृतिलाई नयाँ जीवनदान मिलेको छ ।’

यसपालि पर्यटन प्रवद्र्धन र कला संरक्षणका लागि गाईजात्राका बेला भक्तपुरमापरम्परागत नाचको मूल्यांकन गर्न लागिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गर्न लागेको यो प्रतियोगितमा लोपोन्मुख नाच प्रदर्शन गरिने पर्यटक सूचना केन्द्रका मुराज दिदियाले जानकारी दिए । 

भक्तपुरको दरबार क्षेत्रमा सोमबारसाँझ घिन्ताङघिसी सुरु भएपछि गाईजात्रा प्रारम्भ हुने चलन छ ।मंगलबारकोगाईजात्रापछि बिहीबारबाट टोलटोलमा नाच हुन्छ। 

जात्राका क्रममा पर्यटक आगमन बाक्लो हुने दिदियाले बताए । ‘कला संरक्षणसँगै पर्यटकको रात्रि बसाइ लम्बाउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘अहिले नै जात्राका लागि धेरै पर्यटक आउन थालिसके।’

गाईजात्रालगत्तै जिल्लामा लोप हुन लागेका थुप्रै नाच टोल–टोलमा हेर्न पाइने उनले बताए । देवी नाच, गाईचा, लुसी, लाखे, जंगली, नागाचा, माकः, नटुवाचा, खिचा, कवंचा, भालु, ख्याक, हनुमानलगायत विभिन्न नृत्य प्रदर्शन हुने उनले जानकारी दिए । 

प्रकाशित: २३ श्रावण २०७४ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App