coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

स्थानीयलाई हटाएर महानगर अघि सर्दै

स्थानीयलाई हटाएर काष्ठमण्डपको पुनर्निर्माण आफैँ गर्ने निर्णय काठमाडौं महानगरपालिकाले गरेको छ । भूकम्प गएको दुई वर्ष बित्दा समेत जिम्मेवार निकायले काम सुरु नगरेपछि स्थानीयले तीन महिनाअघि वसन्तपुरमा रहेको काष्ठमण्डपको पुनर्निर्माण अभियान थालेका थिए । 

महानगर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्त्व विभागबीच बुधबार बसेको बैठकमा काष्ठमण्डपको पुनर्निर्माण महानगरले नै गर्ने निर्णय महानगर मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। 

०७४ वैशाख २९ गते काष्ठमण्डप पुनर्निर्माणको जिम्मा स्थानीय वीरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई दिइएको थियो । महानगर, प्राधिकरण, विभाग र अभियानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अनुमति पाएसँगै स्थानीयले काम थाले पनि महानगरका मेयर शाक्यले भने सम्झौता भंग नगरी आफैँ बनाउने मौखिक निर्णय गरेका हुन् ।

मेयर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको नेतृत्व महानगरले गर्ने र अन्य निकायले काममा समन्वय र सहयोग मात्रै गर्न पाउने बताएका छन्।

यसअघि ०७४ वैशाख २९ गते काष्ठमण्डप पुनर्निर्माणको जिम्मा स्थानीय वीरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा गठित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई दिइएको थियो । महानगर, प्राधिकरण, विभाग र अभियानले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अनुमति पाएसँगै स्थानीयले काम थाले पनि महानगरका मेयर शाक्यले भने सम्झौता भंग नगरी आफैँ बनाउने मौखिक निर्णय गरेका हुन्।

‘जनप्रतिनिधि नभएको अवस्थामा स्थानीयलाई बनाउन दिने सहमति भएको थियो,’ महानगरका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले भने, ‘अहिले जनप्रतिनिधि आइसकेका छन्, त्यसैले महानगर आफैँले बनाउन लागेको हो ।’ सरकारी सम्पत्ति सरकारकै निकायले बनाउन लागेकाले सम्झौता गर्दैमा फरक नपर्ने पौडेलले बताए।

काष्ठमण्डप बनाउने जिम्मेवारी पाएका स्थानीय भने महानगरको निर्णयमा सहमत छैनन् । ‘हामीले काष्ठमण्डप पुनर्निर्माणको प्रारम्भिक काम थालिसकेका छौँ,’ अभियानका अध्यक्ष श्रेष्ठले भने, ‘महानगरले बनाउने कुरामा हामी सहमत छैनौँ।’ 

मेयर शाक्य यसअघि राजनीतिक संयन्त्रमार्फत महानगरमा भए पनि उनले काष्ठमण्डप पुनर्निर्माणबारे केही नगरेको श्रेष्ठले बताए । 

आफ्नो पहिचान र सभ्यताको संरक्षणका लागि काष्ठमण्डपको पुनर्निर्माण स्थानीयले नै गर्न पाउनुपर्ने सम्पदा जोगाऔँ अभियानमा संलग्न आलोकसिद्धि तुलाधरले बताए । ‘हामीले जीवित देवी कुमारीसामु काष्ठमण्डपको पुनर्निर्माणको संकल्प गरेका थियौँ,’ उनले भने, ‘षड्यन्त्र गरेर स्थानीयलाई बनाउन नदिन लागिएको छ ।’ स्थानीयको संलग्नता नभए काष्ठमण्डपले जीवन्तता नपाउने बताउँदै काष्ठमण्डपको पुनर्निर्माण स्थानीय स्वयंले गर्ने दाबी तुलाधरको छ ।

यसअघि पनि सम्पदाको मौलिकता तथा सांस्कृतिक, धार्मिक महत्त्व महानगरले जोगाउन नसकेको भन्दै स्थानीयले विरोध गरेका थिए । महानगरले पुनर्निर्माण गरिरहेको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा क्रंकिट प्रयोग भएपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए।

वैशाख १२ मा अभियान घोषणा

स्थानीयले वसन्तपुर परिसरमा एक समारोहबीच काष्ठमण्डप पुनर्निर्माण अभियानको घोषणा गरेका थिए । भूकम्प गएको दुई वर्ष पुगेको दिन पारेर काष्ठमण्डप पुनर्निर्माण गर्ने प्रतिबद्धता स्थानीयले गरेका थिए । वसन्तरपुरमा जम्मा भएका स्थानीयको एउटै प्रतिबद्धता थियो– भूकम्पले ढलेको काष्ठमण्डप उठाउने । तनमनका साथ पुनर्निर्माणमा लाग्ने।’

विश्वसम्पदा क्षेत्रमा सूचीकृत छ, काष्ठमण्डप । कल्पवृक्षको एउटै रूखको काठबाट काष्ठमण्डप बनेको मानिन्छ । काठमाडौंको नाम पनि यही काष्ठमण्डप सत्तलको नामबाट राखेको पाइन्छ । तर, ०७२ वैशाख १२ मा गएको महाभूकम्पले काष्ठमण्डप ढालेको थियो।

यसबाट १२औँ शताब्दीमा बनेको भनिएको काष्ठमण्डप सातौँ शताब्दीमै बनेको पुष्टि भयो । पुरात्त्व विभाग र बेलायतको स्टिरलिङ विश्वविद्यालयको दोस्रोपटकको अनुसन्धानले यो पत्ता लगाएको थियो।

प्रकाशित: २३ श्रावण २०७४ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App